काठमाडौँ । गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको पेस्तोलको गोली लुकाइछिपाई राखेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बर्दिया बढैया गाउँपालिका ३ घर भई हाल काठमाडौँ कपन बस्ने १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई हाल काठमाडौँ मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर पक्राउ परेका काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनले भने, “प्रहरीले काठमाडौँ महानगरपालिका(३२ नरेफाँटस्थित चेकजाँचका क्रममा शङ्कास्पद अवस्थामा फेला परेका गिरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजसहित उनका साथी थापामगरको कोठामा पेस्तोलको गोली भेटिएको हो ।”
पक्राउ परेका गिरीलाई सोधपुछ गर्दा गत भदौ २४ गते प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोली लुकाइछिपाई राखेको र निजका साथी थापामगरले पनि प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोली लुकाइछिपाई राखेको जानकारीअनुसार निजहरूलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त दरबारमार्ग पठाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा गिरीको लाजिम्पाटस्थित कोठा खानतलासी गर्दा ३११२३ लेखिएको पेस्तोलको गोली तीन थान फेला परेको र थापामगरलाई खोजतलास गर्दै जाने क्रममा मालिगाउँ आनन्द भैरव मार्गस्थित रहेको कोठा खानतलासी गर्दा उक्त कोठाबाट पनि ३११२३ लेखिएको पेस्तोलको गोली दुई थान, छालाको पेटी बेल्टको बक्कल एक थान फेला पारी बरामद गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: