काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हालै सम्पन्न केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यहरूले नेतृत्वप्रति असन्तोष व्यक्त गरेका छन् । उनीहरूले पार्टी एकताबारेको आफ्ना धारणा बेवास्ता गरिएको गुनासो गरेका हुन् ।
एक केन्द्रीय सदस्यहरूले भने, “हामीले तत्काल माओवादी केन्द्रसहितका दलहरूसँग एकता गरी बलियो कम्युनिस्ट केन्द्र निर्माण गर्नुपर्ने धारणा राखेका थियौँ, तर नेतृत्वले त्यसलाई गम्भीर रूपमा लिएन ।”
बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार करिब ८० प्रतिशत सदस्यले पार्टी एकताको पक्षमा स्पष्ट मत राखेका थिए । तर, उनका अनुसार “मुख्य नेतृत्वलाई प्रभाव पार्ने केही व्यक्तिहरूले महासचिव विप्लवलाई दबाब दिएर निर्णयलाई दोहोरो अर्थ लाग्ने ढंगले प्रस्तुत गराए ।”
उनले भने, “हामी माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएका हौँ । अहिले व्यक्तिगत आकांक्षा र सत्ताकेंद्रित सोचका कारण पार्टी एकताको एजेन्डा पछि पारिएको छ । पार्टी व्यक्तिगत इच्छाका लागि होइन, सामूहिक उद्देश्यका लागि बनेको हो ।”
विप्लवले सञ्चारमाध्यममा आएका पार्टी एकतासम्बन्धी समाचारको खण्डन गर्दै एकताको पक्षमा देखाउने प्रयास गरे पनि, वास्तविकतामा नेतृत्व त्यसतर्फ नबढेको ती नेताको आरोप छ । उनका अनुसार, “यदि नेतृत्व तयार नभए, हामीले नयाँ निर्णय गरेर अघि बढ्नेछौँ ।”
नेकपाका अधिकांश नेताहरू समाजवादी मोर्चामा आबद्ध दलहरूबीचको एकता प्रक्रियामा सामेल हुन इच्छुक देखिएका छन् । तीमध्ये एक नेताले भने, “हामी नेतृत्वको आगामी कदम हेरिरहेका छौँ । नेतृत्वले पहल नगरेमा नेपाल कम्युनिस्ट पार्टी एकता प्रक्रियामा अग्रसर हुनेछ ।”
पार्टी नेतृत्वमाथि व्यक्ति–प्रधान प्रवृत्तिको आरोप पनि लगाइएको छ । ती स्थायी समिति सदस्यले भने, “अतीतमा मोहन वैद्य ‘किरण’, रामबहादुर थापा ‘बादल’, देव गुरुङ, पम्फा भुसाललगायत दर्जनौँ नेतासँग सहकार्यको सम्भावना थियो, तर नेतृत्वले त्यो अवसर गुमायो । अहिले पनि व्यक्तिगत नेतृत्वको लालसाले पार्टी कमजोर बन्ने खतरा छ ।”
नेकपाभित्र अहिले पार्टी एकताप्रति झुकाव बढ्दो क्रममा छ । कतिपय नेताहरूले समाजवादी मोर्चाको पहलमा भइरहेको एकतामा सहभागी भइ नेतृत्व सुम्पेर भए पनि सशक्त कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने धारणा राखेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: