Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

फइल तस्विर
खबरडबली संवाददाता

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन विस्तारै सम्झनामा सीमित हुँदै गएको छ। गाउँका युवा रोजगारीका लागि सहर र विदेशतिर पसेका छन् । गाउँमा काम गर्ने मानिस अभाव छ । जसका कारण किसानले गोरु पाल्न विस्तारै छोडिसकेका छन्।

यस्तै समयको गतिसँगै बदलिँदो ग्रामीण परिवशेको यथार्थ समस्यालाई मध्यनजर गर्दै मुसिकोट नगरपालिकाले किसानलाई यान्त्रिकीकरण मार्फत किसानलाई कृषि उत्पादनतर्फ उन्मुख गराउने प्रयास थालेको छ।

नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ९० जना कृषकलाई ७५ प्रतिशत अनुदानमा कुटानी–पिसानी मिल र हाते ट्रयाक्टर वितरण गरेको छ।

कृषिमा बढ्दो श्रम अभावको न्यूनीकरण, उत्पादन लागत घटाउने र समयको बचत गर्दै खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले किसानहरुलाई उक्त प्रविधि हस्तानत्रण गरिएको नगरप्रमुख जीवलाल खरेल जीवनले बताए।

उनले बसाइँसराइका कारण गाउँमा खेती गर्ने जनशक्ति घट्दै गएको, गोरु पाल्ने चलन पनि कम हुँदै गएकाले परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्नु अहिलेको आवश्यकता बनेको बताए।

मुसिकोट‐२ का किसान बुद्धीराम खरेलले भने, “गाउँमा अहिले गोरु पाल्न सम्भव छैन, खेत जोत्नका लागि मान्छे खोज्दा भेटिँदैनन्, यस्तो अवस्थामा आफूले थोरै लगानी गरेर अनुदानमा हाते ट्याक्टर पाउँदा निकै खुसी लागेको छ ।”

हाते ट्याक्टर र कुटानी–पिसानी मिलले किसानको श्रम, समय र लागत कम हुने तथा बाँझो जमिनको उपयोग बढाउन मद्दत पुग्नेछ । पचहत्तर प्रतिशत अनुदानमा मेसिनरी औजार प्राप्त गरेपछि कृषकहरू पनि उत्साहित देखिएका छन्।

अर्का कृषक कृष्णकुमारी कार्कीले कुटानी–पिसानी मिलले आफूलाई घरमै अन्न पिस्न सजिलो हुने भएको भन्दै यसले समय र ढुवानी खर्चमा समेत बचत हुने बताइन्।

नगरपालिकाकी कृषि प्राविधिक अस्मिता आचार्यले कृषकले औजारको सही प्रयोग र नियमित मर्मतसम्भारमा ध्यान पुर्‍याउन सकेका यसबाट लामो समयसम्म फाइदा लिन सकिने बताइन्।

गाउँ रित्तिँदै गएको वर्तमान अवस्थामा मुसिकोट नगरपालिकाले गाउँमा बाँकी रहेका किसानलाई आधुनिक प्रविधिमार्फत कृषि पेसालाई टिकाइराख्न यस्ता प्रकारका आधुनिक यान्त्रिकीकरण वितरणबाट थप मद्दत पुग्ने अपेक्षा गरिएको जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending