Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

खबरडबली संवाददाता

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी गरेको छ । सरकारले विद्यमान कानूनलाई सुदृढ बनाउने विकल्पमाथि काम गरिरहेको जनाएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले संसदमा सरकार सामाजिक सञ्जाल प्रतिबन्धलाई थप प्रभावकारी बनाउने उपाय खोजिरहेको बताए। उनका अनुसार डिजिटल युगले सिर्जना गरेको यो चुनौती अघिल्ला पुस्ताले सामना गर्नु नपरेकाले समस्या जटिल बनेको छ । गत डिसेम्बर १० देखि लागु भएको कानूनले फेसबुक, इन्स्टाग्राम, युट्युबलगायत सामाजिक सञ्जालमा १६ वर्षमुनिका बालबालिकाको पहुँच सीमित गर्ने व्यवस्था गरेको थियो । 

यस्तो कानून लागु गर्ने अस्ट्रेलिया विश्वकै पहिलो देश बनेको थियो । तर पछिल्ला अध्ययनले धेरै बालबालिकाले अझै पनि सामाजिक सञ्जाल प्रयोग गरिरहेको देखाएका छन् । ई–सेफ्टी आयोगले मार्चमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० मध्ये सात जना कम उमेरका बालबालिकाले फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट र टिकटकमा खाता सञ्चालन गरिरहेका छन् । बेलायती मेडिकल जर्नलमा प्रकाशित अर्को अध्ययनले अस्ट्रेलियाका १२ देखि १७ वर्ष उमेर समूहका ८५ प्रतिशत किशोरकिशोरीले प्रतिबन्धित सामाजिक सञ्जाल प्रयोग गरिरहेको देखाएको छ ।

प्रधानमन्त्री अल्बानिजले सरकार अहिले विद्यमान कानून पर्याप्त कडा छ वा छैन भन्ने विषयमा समीक्षा गरिरहेको बताए। उनले अनलाइन सुरक्षा नियामक ई–सेफ्टी आयुक्त जुली इनम्यान ग्रान्टसँग आवश्यक अधिकार र स्रोत पर्याप्त छन् वा छैनन् भन्ने विषयमा पनि अध्ययन भइरहेको जानकारी दिए। ई–सेफ्टी आयुक्त इनम्यान ग्रान्टले अप्रिलमा फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक र युट्युबविरुद्ध कानूनी कारबाहीको सम्भावना रहेको बताएको थिए । 

ती प्लेटफर्मले कम उमेरका बालबालिकालाई आफ्नो सेवाबाट टाढा राख्न पर्याप्त प्रयास नगरेको उनको आरोप छ । फेसबुक, इन्स्टाग्राम, एक्स, टिकटक, स्न्यापच्याट, रेडिट, थ्रेड्स, किक र ट्विचजस्ता प्लेटफर्मले बालबालिकाको पहुँच रोक्न आवश्यक कदम नचालेमा चार करोड ९५ लाख अस्ट्रेलियन डलरसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ । आरएमआइटी विश्वविद्यालयकी सूचना विज्ञ लिसा गिभेनले सरकारले प्रस्ताव गरेको नयाँ सुधार विद्यमान कानून प्रभावकारी नभएको प्रमाणको परिणाम भएको बताए। 

उनका अनुसार धेरै बालबालिकाले समेत प्रतिबन्ध सफल नभएको स्वीकार गरिरहेका छन् । सिड्नी मर्निङ हेराल्डलाई दिएको अन्तर्वार्तामा इनम्यान ग्रान्टले आफूसँग पर्याप्त अधिकार नरहेको बताभएको थिए । उनले नियामक निकायलाई प्रभावकारी बनाउन आवश्यक कानूनी अधिकार र स्रोत उपलब्ध हुनुपर्ने धारणा राखेको थिए। विशेषज्ञका अनुसार सामाजिक सञ्जाल कम्पनीले कानून कार्यान्वयनमा प्रतिरोध गरिरहेका छन् ।

त्यसैले ई–सेफ्टी आयुक्तलाई थप अधिकार दिने वा वैकल्पिक कार्यान्वयन प्रणाली विकास गर्ने विषयमा बहस भइरहेको छ । अदालतले पनि भविष्यमा बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्न कम्पनीले अपनाउनुपर्ने ‘उचित कदम’ को स्पष्ट मापदण्ड निर्धारण गर्नुपर्ने अपेक्षा गरिएको छ । अस्ट्रेलियाली सरकारले डिजिटल सुरक्षालाई थप मजबुत बनाउन ‘डिजिटल ड्युटी अफ केयर’सम्बन्धी कानून पनि अघि बढाउने तयारी गरेको छ । 

यस कानूनले सामाजिक सञ्जालका सामग्री र एल्गोरिदमबाट हुने सम्भावित हानिका लागि प्लेटफर्मलाई प्रत्यक्षरूपमा जिम्मेवार बनाउने छ । अस्ट्रेलियाको यो कदमपछि बेलायत, क्यानाडा, ब्राजिल, इन्डोनेसिया, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरियालगायत देशले पनि बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा उमेर–आधारित नियन्त्रणका उपाय अध्ययन वा कार्यान्वयन गर्न थालेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending