काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तिव्रता दिँदै आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्न लागेको छ। गृह मन्त्रालयले बैठक बिहान ११ बजेका लागि तय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बस्ने उक्त बैठकमा रक्षा सचिव, गृह सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता रहनेछ।
शनिबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र चारवटै सुरक्षा निकायका प्रमुखहरूबीच व्यापक छलफल भएको थियो। त्यसको भोलिपल्टै आजको बैठक डाकिएको हो।
बैठकमा एकीकृत निर्वाचन सुरक्षा योजनाको समीक्षा गरिनेछ र आगामी रणनीतिहरू तय गरिने गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयअन्तर्गतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा गठित एकीकृत निर्वाचन सुरक्षा समितिले देशव्यापी सुरक्षा योजना तयार गरिरहेको छ।
सो समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य छन् भने उपसचिव रविन्द्र अधिकारी सदस्य–सचिव छन्। तयार पारिएको सुरक्षा योजना जिल्लामा पठाइनेछ, जसको कार्यान्वयन प्रमुख जिल्ला अधिकारीको संयोजनमा हुने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले गर्नेछ।
गृहमन्त्री अर्यालले शनिबार भने, "हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ। सुरक्षा योजना तीव्र गतिमा अगाडि बढिरहेको छ र निर्वाचन आयोगसँग निरन्तर समन्वय भइरहेको छ।"
सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सर्वाेच्च प्राथमिकता दिँदै सम्पूर्ण ध्यान निर्वाचनको सुरक्षित र व्यवस्थित सञ्चालनमा केन्द्रित गरेको छ। शनिबार शीतल निवासमा भएको छलफल राजनीतिक वातावरण अनुकूल बनाउने र समग्र सुरक्षा अवस्था बलियो बनाउने विषयमा केन्द्रित भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: