ताप्लेजुङ । खोल्सीको “कालो सुन” भनेर चिनिने अलैँचीको मूल्य दसैँपछि निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला केही दिनयता प्रतिमन (४० किलोग्राम) पाँच सयदेखि एक हजार रुपियाँसम्मका दरले मूल्य बढिरहेको स्थानीय व्यवसायीहरू बताउँछन् ।
सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबारसम्म अलैँचीको चलनचल्ती मूल्य प्रतिमन ८५ हजार रुपियाँ पुगेको छ । स्थानीय व्यवसायी कमल बरालका अनुसार पछिल्लो चार–पाँच दिनयता दैनिक एक हजार रुपियाँका दरले मूल्य वृद्धि भइरहेको छ । गुणस्तरीय ठूलो दानाको अलैँची भने प्रतिमन ९० हजार रुपियाँसम्ममा कारोबार भइरहेको छ ।
भदौ महिनादेखि बजारमा निस्किन थालेको नयाँ अलैँची सुरुमा प्रतिमन ८८ हजार रुपियाँमा कारोबार भएको थियो । करिब एक महिना त्यही मूल्य कायम रहे पनि असोज लागेपछि मूल्य घट्दै गइरहेको थियो । अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रबिर रेग्मीका अनुसार दसैँ अघिसम्म मूल्य घट्दै प्रतिमन ८० हजार रुपियाँमा पुगेको थियो । तर दसैँ सकिएसँगै पुनः मूल्य वृद्धिको क्रम सुरु भएको बताउँदै उनले भने, “थोरै भए पनि मूल्य बढ्न थालेपछि किसान र व्यवसायी दुबै उत्साहित भएका छन् ।”
व्यवसायीहरूको भनाइमा नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने भएकाले यसको मूल्य घटबढ अनिश्चित रहन्छ । गत वर्षको तुलनामा यस वर्ष सुरुवातमै मूल्य राम्रो रहेकाले किसान र व्यवसायी उत्साहित थिए । तर दसैँअघि मूल्य आठ हजार रुपियाँले घट्दा उनीहरू निराश बनेका थिए । अहिले फेरि मूल्य वृद्धिको क्रम शुरु भएपछि किसान र व्यवसायीमा पुनः आसा पलाएको छ ।
ताप्लेजुङको प्रमुख नगदेबालीका रूपमा परिचित अलैँची जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला बाहेक सबै क्षेत्रमा खेती हुने गरेको छ। कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा हाल चार हजार १६५ हेक्टर क्षेत्रमा अलैँची खेती हुँदै आएको छ । गत वर्ष सो क्षेत्रबाट दुई हजार ५३१ मेट्रिक टन अलैँची उत्पादन भएको केन्द्रले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: