काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको वर्तमान संकट समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव पेस गर्ने तयारी गरेका छन्। उनले तयार पारेको १२ पृष्ठ लामो लिखित प्रस्ताव पार्टीको केन्द्रीय कमिटी बैठकको तेस्रो दिन, शुक्रबार पेश गरिनेछ।
यसअघि असोज २४ र २६ गते बसेको सचिवालय बैठकमा समेत भट्टराईले ओलीले स्वेच्छिक रूपमा नेतृत्व सुम्पनुपर्ने धारणा सार्वजनिक रुपमा राखिसकेका छन्।
भट्टराईको प्रस्तावमा पार्टीभित्र उत्पन्न अन्योलता, निराशा, भय र आक्रोशको अवस्थामा नयाँ नेतृत्व र पुनर्गठन आवश्यक रहेको उल्लेख छ। उनका अनुसार, “अब पार्टीमा नयाँ आशा, उत्साह र विश्वासको सञ्चारको लागि पहिलो शर्त हो, पार्टीको बहुआयामिक पुनर्गठन।”
भट्टराईले ओलीले नेतृत्व हस्तान्तरण गर्नका लागि दुईवटा वैकल्पिक बाटोहरू प्रस्ताव गरेका छन्:
कार्यवाहक अध्यक्ष- ओलीले तुरुन्तै वरिष्ठतम् नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर आगामी महाधिवेशनमार्फत सहमति वा प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन गर्ने।
महाधिवेशनमार्फत हस्तान्तरण- ओलीकै नेतृत्वमा महाधिवेशन सम्पन्न गरी, त्यो महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरणको पूर्वघोषणा गर्ने।
भट्टराईले कुन विकल्प अपनाउने भन्ने निर्णय ओलीकै "अन्तरआत्मा"मा निर्भर हुने स्पष्ट पारेका छन्।
भट्टराईले भदौ २३ गतेको जेनजी आन्दोलनप्रति सरकारले गरेको दमनलाई ‘दुःखद् र अकल्पनीय’ भन्दै त्यसले गम्भीर प्रभाव पारेको टिप्पणी गरेका छन्।
उनको भनाइमा, “२३ गतेको घटनापछि सामाजिक सञ्जाल प्रतिबन्ध फिर्ता लिएर प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेर संसदलाई बचाउने अवसर थियो। तर त्यो प्रयास भएन।”
उनले सुरक्षा समन्वयको कमी, संवेदनशीलताको अभाव, र सुरक्षा निकायसँग विश्वासको संकट देखिएको पनि बताएका छन्।
भट्टराईको प्रस्ताव एमाले नेतृत्वमा परिवर्तन, आन्तरिक सुधार र पुनर्गठनको माग गर्ने अबधारणासहित प्रस्तुत हुँदैछ। यो प्रस्तावले पार्टीभित्र नयाँ बहस र सम्भावित सत्ता संघर्षको ढोका खोल्ने देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: