Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

खबरडबली संवाददाता

कर्णाली । नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने कार्य अगाडि बढाएको छ ।

नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डा कमल लामिछानेले कर्णाली प्रदेशभर फोरजी तथा फाइबर नेट सेवाको पहुँच विस्तार गरिने बताए । उनले अहिलेसम्म यहाँका ३७ पालिकामा सञ्चार सेवा विस्तार गरिएको जनाए ।

‘ग्रामीण क्षेत्रमा नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्याउने लक्ष्यका साथ कार्य थालेका छौँ’, उनले भने, ‘थप ५० पालिकासम्म सेवा सर्भेका काम पनि भइरहेका छन् । कोहलपुर–सुर्खेत १३२ केभीको विद्युत् प्रसारण सुर्खेतसम्म जोडिनेबित्तिकै फाइबर नेट सेवा विस्तार गर्न सहज हुन्छ ।’ फाइबर नेटको सेवा विस्तार सुर्खेतको चिङ्गाड गाउँपालिकामा पनि जोड्ने तयारीमा रहेको उहाँको भनाइ थियो ।

सञ्चार सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गर्न थालिएको बताउँदै निर्देशक डा लामिछानेले दैलेख, कालीकोट, जुम्ला सिञ्जासम्म फाइबर नेटको सेवा विस्तारको काम भइरहेको उल्लेख गरे ।

उनका अनुसार यसका लागि प्राविधिकहरूले घरदैलोको काम गरिरहेका छन् । केन्द्रीय योजनाअन्तर्गत अपर डोल्पा, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत लेखफर्सालगायत १० वटा स्थानमा बिटीएस सेवा सञ्चालनमा ल्याइएको छ ।

सोलार सिस्टम र विद्युतीकरणको पाटो बलियो भएमा सञ्चार सेवा विस्तार गर्न सकिने उनको भनाइ थियो । विद्युतीकरणका लागि प्रदेशभरिमा ३० वटा साइटका लागि विद्युत् प्राधिकरणलाई पेश्की उपलब्ध गराइसकेको जनाउँदै उनले दुर्गम बस्तीका १६ स्थानीय तहको बजार क्षेत्रमा पुगिएको र डिजिटल कर्णाली कन्क्लेभको परिकल्पनाअनुसार काम भइरहेको बताए ।

बिटीएसबाट डोल्पा जिल्लाको मुड्केचुलामा काम भइरहेको जनाउँदै त्यसो नभएको खण्डमा रिङ नेटबाट सेवा सञ्चालन गर्ने र सुर्खेत आसपासका क्षेत्रमा फोरजीको सेवा विस्तार गर्ने उनले जनाए । हुम्लाको हिल्सामा पनि यही वर्षमा फोरजी सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद्‌ कत्रो हुन्छ ?

मन्त्रीमा विज्ञ कि सांसद?

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।  ...

एमाले अध्यक्ष ओलीलाई पितृशोक

आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

१० चैतभित्र नयाँ सरकार

काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा  पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...

अमेरिकाले उल्लङ्घन गरेका व्यापार सम्झौताको ‘दृढताका साथ प्रतिक्रिया’ दिइनेः इयु

काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...

राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...

बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...

चुनाव सुधार्न नीतिगत शल्यक्रियाको प्रस्ताव : के-के छन् नयाँ सुझाव ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्।  नि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: