मेडागास्कर । हप्तौँदेखि चलिरहेको विरोध प्रदर्शन र सैन्य हस्तक्षेपले देशलाई सङ्कटमा पारेपछि मडागास्करका पदच्युत राष्ट्रपति एन्ड्री राजोलिनाले पहिलो पटक आफू देशबाट पलायन गरेको पुष्टि गरेका छन् ।
राष्ट्रपति राजोलिनाले अक्टोबर ११ र १२ तारिखको बिचमा ‘राज्य प्रमुखको जीवनविरुद्ध स्पष्ट र अत्यन्त गम्भीर धम्की’ आएको भन्दै त्यसपछि देश छोड्न बाध्य भएको बताए । उनले बुधबार राति जारी गरेका विज्ञप्तिमा भनेका छन्, “म विदेशी यात्रामा रहेका बेला ती धम्की प्राप्त भएका थिए ।”
एएफपीलाई पठाइएको उक्त विज्ञप्तिअनुसार राजोलिनाको भ्रमणलाई नियमित सरकारी भ्रमणका रूपमा देखाइए पनि ती धम्कीका कारण उनले तत्काल देश त्याग गरेका हुन् । मिडिया रिपोर्टले ५१ वर्षीया नेतालाई आइतबार फ्रान्सेली सैन्य विमानमार्फत बाहिर निकास गरिएको सङ्केत गरेका थिए । राजोलिनाले सोमबार दिएको एक संक्षिप्त प्रतिक्रियामा आफू ‘सुरक्षित स्थानमा’ रहेको उल्लेख गरेका थिए । तर गन्तव्य खुलाउन अस्वीकार गरेका थिए ।
सन् २००९ मा सैन्य समर्थनसहितको आन्दोलनपछि पहिलोपटक सत्तामा पुगेका राजोलिनाले हालै राष्ट्रिय सभाले सेनासँग मिलेर आफूलाई असंवैधानिक रूपमा हटाएको आरोप लगाए । यता सत्ता नियन्त्रणमा लिएका सैन्य अधिकारीले कर्नेल माइकल रान्ड्रियानिरिनालाई नयाँ राष्ट्रपतिका रूपमा चयन गरिएको जनाएका छन् । उनले शुक्रबार औपचारिकरूपमा शपथ लिने बताइएको छ ।
पानी र विद्युत अभावका कारण गत सेप्टेम्बर २५ देखि सुरु भएको जनआन्दोलनले रान्ड्रियानिरिनाको हस्तक्षेपलाई ‘जनताको जीत’ भन्दै स्वागत गरेको छ । उक्त आन्दोलनलाई युवा नेतृत्वको ‘जेन जेड’ आन्दोलनका रूपमा चिनिन्छ । अन्तर्राष्ट्रिय समुदायले भने यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घले यसलाई ‘असंवैधानिक सत्ता कब्जा’ भन्दै कडा निन्दा गरेको छ भने अफ्रिकी युनियनले बुधबारदेखि तत्काल प्रभावबाट मडागास्करको सदस्यता निलम्बन गर्ने घोषणा गरेको छ ।
माली, बुर्किना फासो, नाइजर, ग्याबोन र गिनीमा पछिल्ला वर्षहरूमा भएका सैनिक कूपछि सन् २०२० यता सैन्य शासनको चपेटामा परेका अफ्रिकाका पूर्व फ्रान्सेली उपनिवेश मध्ये मडागास्कर अहिले पछिल्लो सदस्य बनेको छ । रासस/एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: