Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

कार्यवाहक पाएको भोलिपल्टै पूर्णबहादुरको गुट भेला- बहुमत प्रतिनिधिको माग अस्वीकार गर्ने निष्कर्ष

मंसिरमा नियमित नभए विशेष महाधिवेशनको मिति तोक्न इतर पक्षको दबाब

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। 

आजको बैठकको अध्यक्षता भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नेछन्। त्यसअघि बिहान ९ बजे कार्यसम्पादन समितिको अनौपचारिक बैठक बस्नेछ। 

केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा भने अझै टुंगिएका छैनन्। जेनजी आन्दोलनपछि पहिलोपटक असोज २८ गते कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो। 

त्यही दिन सभापति शेरबहादुर देउवा र देउवापत्नी आरजु ३४ दिनपछि सार्वजनिक भएका थिए। त्यस दिन सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व छाड्ने घोषणा गर्दै खड्कालाई कार्यवाहक तोकेका थिए। 

केन्द्रीय कार्य समिति बैठकले १५ औँ महाधिवशनबारे निर्णय गर्नेछ। कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर नेताहरुले विशेष महाधिवेशनको माग गर्दै हिजो मात्रै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका छन्।

विशेष महाधिवेशनको माग गर्दै बहुमत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएकै दिन कांग्रेस संस्थापन पक्षले सभापति देउवाले कार्यवाहक तोकेपछि विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ । 

बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएकै दिन संस्थापनको बैठकले उक्त माग अस्वीकार गरेको हो । 

ललितपुरमा बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको संस्थापन पक्षको बैठकले नियमित महाधिवेशनबाटै अघि बढ्नुपर्नेमा जोड दिएको छ । सभापति देउवाले जिम्मेवारी दिँदा नियमित महाधिवेशन निर्धारित समयमै गर्न निर्देशन दिएका थिए । 

१४औँ महाधिवेशनपछि सभापति देउवाले गुटगत बैठक राखेका थिएनन् । तर, कार्यवाहकको जिम्मेवारी पाएपछि खड्काले भोलिपल्टै गुटगत बैठक गरेका हुन् ।

पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा। शशांक कोइराला, सहमहामन्त्री उमाकान्त चौधरी र महालक्ष्मी उपाध्यक्षलगायत बैठकमा सहभागी थिए । 

इतर पक्षले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेपछि त्यसको प्रतिवाद रणनीति बनाउन संस्थापन पक्षको बैठक बसेको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन माग्दै महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षर कार्यवाहक सभापति खड्काले बुझेका छन् । कार्यवाहक सभापतिलाई बुधबार दिउँसो हस्ताक्षर हस्तान्तरण गरिएको हो । 

युवा नेता गुरुराज घिमिरेले हस्ताक्षर अभियानको संयोजन गरेका थिए । उनका अनुसार दुई हजार ४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि थिए । 

तीमध्ये केहीले पार्टी परित्याग गरेका र केहीको मृत्यु भएको छ । त्यस्तो संख्या करिब दुई सयको हाराहारीमा रहेको नेताहरू बताउँछन् । 

‘अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ गति र नयाँ दिशा दिन विशेष महाधिवेशन आह्वान गर्दै निवेदन दिएका छौँ । कार्यवाहक सभापतिले बुझ्नुभएको छ । मंसिरमै महाधिवेशन हुनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शि...

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको सिकार सुरु भएको छ । ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १४ नाउर र १० झारलको सिकार अन...

ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गरिने

काठमाडौँ । सरकारले लामो समयदेखि माग हुँदै आएको ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ । नयाँ सरकार गठन भए लगत्तै शुक्रबार बसेको मन्त्रिपरिषद...

वीरगन्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

पर्सा । वीरगन्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट भित्रिएका छन् । पछिल्लो समय मध्यपूर्वका देशमा देखिएक...

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending