मनाङ। मनसुनी वायु सकिएलगत्तै यहाँका किसानले फापर भित्र्याएका छन् । मनाङ गाउँ, पिसाङ, भ्राका, टङ्की मनाङलगायत क्षेत्रका किसानले मौसम सुधार हुनासाथ यहाँको रैथाने बाली भित्र्याएका हुन् ।
हतारमै फापर थन्क्याइएको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका भुजुङ गुरुङ बताउँछन् । “फेरि मौसम बदली हुने हतारोले अहिले राम्रोसँग काट्ने बेला नहुँदै फापर काटियो । यस वर्ष विगतमा भन्दा अलि छिटो चिसो पनि बढेको छ”, उनले भने, “मौसम सफा हुनासाथ थन्क्याइएको हो ।”
वर्ष दिनमा एक बाली मात्र उत्पादन हुने मीठो फापर भित्र्याइएको उनले जानकारी दिए । पिसाङका खेतबारीमा फापर छरेको दिनदेखि औसत सय दिनमा मीठो फापर पाक्ने र घाम लागेको मौका छोपी बाली भित्र्याइन्छ ।
घाँस नपाइने समयमा फापरको डाँठ परालका रूपमा पशुचौपायालाई खुवाउन सुकुटी पारेर राखिने गरिन्छ । मनाङको प्रमुख खाद्य बालीका रूपमा रहेको फापर जलवायु सङ्कटका कारण परम्परागत अन्य रैथाने बालीभन्दा कम झन्झटिलो भएकाले यहाँका किसानले बढी खेती गरेको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख मदन रेग्मीले जानकारी दिए ।
एक पाथी फापरको रु एक हजार २०० सम्म बिक्री गर्न सकिने चामे गाउँपालिका–५ चामेका उद्यमी शेराप विष्टले बताए । फापरसँगै यहाँ उत्पादन हुने उवा, जौ, मकै, आलु, बोडी, सिमीलगायत खेती यहाँको मुख्य बाली हुन् । मीठो फापरको खेती असार–साउनमा छरेर असोजको दोस्रो–तेस्रो साता भित्र्याइन्छ । तीतो फापर भने साउन–भदौ महिनामा छरेर कात्तिकको १५ पछि भित्र्याइने गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: