काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । हालैका राजनीतिक घटनाक्रमपछि संवैधानिक व्यवस्था र कार्यकारी अधिकारको प्रयोगबारे उठेका प्रश्नका बीचमा सर्वोच्च अदालतमा यो विषय पुगेको हो ।
अभियन्ता युवराज सफल पौडेलसहित १० जनाले प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरूले प्रधानमन्त्री नियुक्तिमा संवैधानिक प्रक्रियाको उल्लंघन भएको र प्रतिनिधिसभा विघटनले नागरिकको लोकतान्त्रिक अधिकारमाथि आघात पुर्याएको आरोप लगाएका छन् ।
यससँगै, जेन–जी आन्दोलनको क्रममा नागरिकका मौलिक हकहरू हनन भएको भन्दै थप चार वटा रिट पनि दर्ता भएका छन् । यसरी अहिले सर्वोच्च अदालतमा प्रधानमन्त्री नियुक्ति र संसद् विघटनसम्बन्धी १० र जेन–जी आन्दोलनसँग सम्बन्धित ४ गरी कूल १४ वटा रिट विचाराधीन अवस्थामा छन् ।
सर्वोच्च अदालतले प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनविरुद्ध परेका रिटहरूमाथि प्रारम्भिक सुनुवाइका लागि आगामी कात्तिक १२ गते पेशी तोकेको छ । त्यस दिन न्यायाधीशको एकल इजलासमा रिटको प्रारम्भिक बहस सुरु हुने अपेक्षा गरिएको छ ।
कानूनी विश्लेषकहरूका अनुसार यो मुद्दा नेपालको वर्तमान राजनीतिक परिदृश्यमा निर्णायक सावित हुन सक्छ, किनभने यसले कार्यकारी, विधायिका र न्यायपालिकाबीचको सन्तुलनबारे स्पष्ट दिशानिर्देश दिने सम्भावना राख्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: