काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ।
खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुँनेछ। ओमानलाई हराएमा नेपालको आगामी टी–२० विश्वकपमा चयन लगभग पक्का हुने मात्र होइन, नेपाल उपाधिकै नजिक पुग्ने छ।
नेपाल समग्रमा तेस्रो र लगातार दोस्रो पल्ट टी–२० विश्वकप खेल्ने अभियानमा छ। नेपाल र ओमानबिचको खेल चालु प्रतियोगितामा दुई उत्कृष्ट टिमबिचको भिडन्त पनि हो। आज यी दुईमध्ये एकको अपराजित यात्रा तोडिने छ। अहिले ओमान र नेपाल समान छ अङ्कमा छन् यद्यपि ओमान रन अन्तरले शीर्ष स्थानमा छ।
ओमानलाई घरेलु मैदान र वातावरणको फाइदा छ तर अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमीमा खेल हुँदा समर्थक नेपालकै बढी हुने पक्का छ। त्यसैले ओमानविरुद्ध खेल्दा पनि नेपाललाई घरमै खेलको अनुभव हुने छ भन्दा फरक पर्दैन।
इतिहास हेर्ने हो भने हेड टु हेडमा ओमानभन्दा नेपाल धेरै अगाडि छ। यी दुई टिमबिच अहिलेसम्म भएका सात खेलमा नेपालले पाँच र ओमानले दुई खेल जितेको छ। यद्यपि ओमानको लयलाई हेर्ने हो भने विगतका नतिजाले सायदै यी दुवै टिमलाई फरक पार्ने छ।
यस प्रतियोगितामा ओमानले युएईसँग बाहेक प्रायः खेल सहजै जितेको छ। नेपालले भने प्रायः खेल जित्न सङ्घर्ष गर्नु परेको छ। यद्यपि अन्तिम समयसम्म हार नमान्ने नेपालले यस प्रतियोगितामा प्रायः खेलमा हारको स्थितिबाट नतिजा उल्ट्याएको छ। यही विशेषताले नेपाललाई खतरनाक टिमका रूपमा प्रस्तुत गरेको छ।
सुपर सिक्स चरणका खेलहरूमा नेपालको अविश्वसनीय पुनरागमनले विश्वभरका क्रिकेट प्रेमीलाई चकित बनाइदिएको छ। यूएई र कतारविरुद्ध हारको मुखबाट फर्काउँदै नेपालले जित हात पारेपछि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली क्रिकेटको चर्चा भइरहेको हो।
नेपालको सफलतामा प्रायः जितमा फरक फरक खेलाडी नायक बनेका छन्। त्यसैले ओमानविरुद्धको खेलमा स्टार लेग स्पिनर सन्दीप लामिछाने, कुशल भुर्तेल, कप्तान रोहित पौडेल, गुल्सन झा, आसिफ शेखमा नेपालको विशेष अपेक्षा हुने छ।
कतारविरुद्ध पाँच रनको जित सन्दीप लामिछानेले पाँच विकेट लिएपछि नेपालले सोमबार राति कतारलाई पाँच रनले हरायो। बलिङ र फिल्डिङमा नेपालको चम्किलो प्रदर्शन प्रशंसनीय देखिए पनि ब्याटिङ भने अझै कमजोर देखिएको छ। नेपाल दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको शृङ्खला जित्दै नेपाल आत्मविश्वासका साथ ओमान पुगेको हो।
सुपर सिक्सका दुवै खेलमा नेपालको बलिङ र फिल्डिङ नै जितको मेरुदण्ड बन्यो। तर कमजोर स्ट्राइक रेट र मिडल ओभरमा सुस्त रन गति नेपालको मुख्य समस्याका रुपमा देखा परेको छ। यसलाई सुधार्दै आजको खेल जित्नेमा नेपाली खेलाडीको विश्वास छ।
नेपालले अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०९:१९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...
मंसिर २३ गते, २०८२ - ०७:४०
वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...
मंसिर २३ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...
मंसिर २३ गते, २०८२ - ०७:३४
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...
मंसिर २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्...
मंसिर २३ गते, २०८२ - ०७:०४
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...
मंसिर २३ गते, २०८२ - ०७:०१
काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...
मंसिर २३ गते, २०८२ - ०६:५८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...




प्रतिकृया लेख्नुहोस्: