काठमाडौं । गत भदौ २४ गते भएको आगजनीबाट क्षति पुगेपछि नियमित सेवा स्थगित रहेको सर्वोच्च अदालतले ३६ दिनपछि रिट निवेदन दर्ता सुरु गर्न लागेको छ। अबदेखि अदालतले रिट निवेदनको दर्ता र केही निवेदनहरूको सुनुवाइ पनि सुरु गर्ने भएको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आइतबार बसेको फुल कोर्ट (पूर्ण बैठक) को निर्णयअनुसार मंगलबारदेखि रिट दर्ता सुरु गरिनेछ। यसअघि ‘जेन–जी आन्दोलन’पछि सर्वोच्चले केवल बन्दी प्रत्यक्षीकरण (हाबियस कर्पस) सम्बन्धी निवेदनको मात्र सुनुवाइ गर्दै आएको थियो। रिट दर्ता, अन्य मुद्दाहरूको सुनुवाइजस्ता नियमित प्रक्रिया भने स्थगित थिए।
हाल सर्वोच्च अदालतमा झण्डै २५ हजार मुद्दा सुनुवाइको प्रतीक्षामा छन्। नियमित अवस्थामा यहाँ दैनिक तीनदेखि चार सय मुद्दासम्म सुनुवाइ हुँदै आएको थियो।
अदालत प्रशासनको प्रारम्भिक मूल्यांकनअनुसार आगजनीबाट सर्वोच्च अदालतलाई झण्डै १ अर्ब २६ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। यसमध्ये करिब ३५ करोड बराबरको भवन क्षति, ७१ करोड बराबरका फर्निचर तथा अन्य सामग्री जलेर नष्ट भएका छन् भने सवारीसाधनमा मात्रै २० करोड बराबरको क्षति भएको बताइएको छ।
आगजनीमा सर्वोच्च अदालतका ४३, उच्च अदालतका २३, जिल्ला अदालतका २५ र अन्य मातहत अदालतका ३८ गरी जम्मा १२९ सरकारी सवारीसाधनमा क्षति पुगेको छ। त्यस्तै, २२३ मोटरसाइकल, ७० स्कुटरसमेत ध्वस्त भएका छन्।
साथै, देशभरका अदालतहरूमा प्रयोग हुँदै आएका १,४९२ कम्प्युटर, ६३५ ल्यापटप, ८५४ प्रिन्टर, ४४५ सीसी क्यामेरा, १९५ डिस्प्ले टिभी र १,१११ यूपिएस समेत पूर्ण रूपमा नष्ट भएको सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेले जानकारी दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: