दाङ । राप्ती गाउँपालिका–५ छोट्की सिसहनियाका भानुभक्त रोकाय आठ वर्षदेखि केरा खेतीमा लागेका छन् । उनले केरा खेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्दै आएका हुन् ।
अहिले रासायनिक मलको प्रयोग गरेर खेती गर्ने परिपाटीको विकास भइरहेको समयमा केरा खेतीले माटोलाई मलिलो र आम्दानी पनि हुने भन्ने लागेर केरा खेतीमा लागेको रोकायले बताए।
“अरू खेतीपातीभन्दा केराबाट आम्दानी बढी हुने देखेर यसमा लागेको हो”, उनले भने, “पहिले मैले पसल (फेन्सी) व्यवसाय गर्दै आएको थिएँ, अहिले त्यो व्यवसाय छोडेर केरा खेतीमा लागेको हुँ ।” पहिले परीक्षणका रूपमा चार कट्ठा जमिनबाट सुरु गरेको खेती अहिले दुई बिघामा विस्तार गरेको उहाँले जानकारी दिए । यो वर्षदेखि अरू साढे एक बिघामा केरा खेती विस्तार गर्ने तयारी गरेको उनले बताए ।
जिनाइन र मालभोग जातको केरा खेती गरिरहेको जनाउँदै रोकायले सिसहनिया गाउँमा अधिकांश किसानले केरा खेती गर्न थालेका बताए । गत वर्षमा केराको व्यापार प्रशस्त रहेको भन्दै एक याममा रु चार–पाँच लाख आम्दानी हुने उहाँले जानकारी दिए । “यस वर्ष भारतीय केराले नेपाली बजार ढाकेको छ । ती केराले नेपाली केराको मूल्य निर्धारण गरिदिने गरेकाले मूल्यमा गिरावट आएको छ”, उनले भने ।
व्यापारीले दर्जनको रु २०–२५ का दरले मूल्य निर्धारण गरेपछि किसानलाई मर्का परेको रोकायको भनाइ छ । “भारतको केरा सस्तो हुने र यहाँ उत्पादित बिक्री नहुने भएकाले केरा बिक्री गर्न समस्या हुँदै आएको छ”, उनले भने । स्थानीय तह र प्रदेश सरकारले प्राविधिक तथा विशेष सहयोग गर्नुपर्नेमा उनले जोड दिए । हामी आफैले किसान, विशेषज्ञ र व्यापारी बन्नुपर्छ, यसले थप समस्या भइरहेको छ । स्थानीय र प्रदेश सरकारले प्राविधिक सहयोग गरेमा खेती गर्न सहज हुने थियो”, उनले भने ।
रोकायका अनुसार यहाँ केरा प्रवर्द्धन कृषक समूह गठन गरिएको छ । सो समूहले किसानका समस्याका विषयमा छलफल गर्ने र समाधानको उपाय खोजी गर्ने गरेको उहाँले बताउनुभयो । केराको बिक्री गर्न, काँटछाँट, रेखदेख गर्न र मल हाल्न तीन स्थानीयलाई रोजगारी दिएको भन्दै तुलसीपुर, घोराही, लमही बुटवलका व्यापारी घरमा आएर खरिद गर्ने गरेको उनले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आव २०८१/०८२ मा ७३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केरा खेती भएको थियो । यसमा नौ हजार ९७३ मेट्रिकटन केरा उत्पादन भएको केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
जिल्लामा केराखेतीको प्रशस्त सम्भावना रहेको उनले बताए । पछिल्लो समयमा केरा खेती गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको जनाउँदै उहाँले केराको बजार माग पनि बढिरहेको उल्लेख गर्नुभयो । खेती विस्तारका लागि किसानलाई कार्यालयले अनुदान दिने गरेको प्रमुख भण्डारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २७ गते, २०८२ - ०९:३६
काठमाडौँ । गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको...
कार्तिक २७ गते, २०८२ - ०९:३१
अब यो मुद्दामा के हुन्छ?
कार्तिक २७ गते, २०८२ - ०९:२५
काठमाडौँ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८...
कार्तिक २७ गते, २०८२ - ०९:०२
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्...
कार्तिक २७ गते, २०८२ - ०८:०१
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरिएको रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ। प्रदेशका ७४ जना सांसदहरूले ...
कार्तिक २७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भाग...
कार्तिक २७ गते, २०८२ - ०७:५०
चितवन । मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार...
कार्तिक २७ गते, २०८२ - ०७:४५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच आज एकता घोषणा हुँदैछ। राष्ट्रिय सभागृहमा बुधबार दिउँसो २ बजे एकत...
कार्तिक २७ गते, २०८२ - ०७:०९
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपाली च्याङ्ग्रापालन व्यवसायबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। ...
कार्तिक २७ गते, २०८२ - ०७:०३
काठमाडौँ । गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका...




प्रतिकृया लेख्नुहोस्: