जुम्ला । आधुनिक उपकरण भित्रिएसँगै पछिल्लो समय दुर्गम पहाडी जिल्ला जुम्लामा धान कुट्ने ‘ओखल’ हराउँदै गएको छ ।
यहाँ विद्युत् पहुँच पुगेसँगै धमाधम ‘मिल’ स्थापना हुन थालेसँगै परम्परागत ओखल क्रमशः लोप हुँदै गएका छन् । तिला गाउँपालिका–४ स्थित नुवाकोट गाउँका स्थानीयवासी राजकन्या सार्कीले अचेल ओखल, ढिकी मात्र हैन जाँतो पनि गाउँघरमा वीरलै पाइने गरेको बताइन् ।
यहाँको नुवाकोट गाउँमा नौ गाउँका स्थानीयको धान कुट्ने ओखल छ, पछिल्लो समय नजिकैका गाउँले मात्र यस ओखलमा धान कुट्न आउने गरेका छन् ।
उनले भने,“आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै गाउँमा ओखलमा धान कुट्ने प्रचलन हराउँदै जान थालेको छ । हाल मिलमै कुटानीपिसानी हुने गरेको छ । समयको बचत हुने भएकाले पनि मिलमा धान कुट्नेको सङ्ख्या बढेको हो ।”
पहिला सबैजसो घरमा ओखल बनाइएको हुन्थ्यो । ओखलमा धान कुट्दा निकै श्रम गर्नुपर्ने र समयसमेत धेरै लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको तीला गाउँपालिका–४ का वडाध्यक्ष भद्रवीर सार्कीले बताए ।
उनले भने, “पहिले धान कुट्न प्रयोग गरिँदै आएको टिक्के ओखल हराउँदै गएको छ । अब ओखलबारे नयाँ पुस्ता अनभिज्ञ हुने अवस्था आएको छ । आधुनिक उपकरणले मानिसको जीवन सहज बनाएको त छ, तर परम्परागत सीप, प्रविधि र ज्ञान भने सङ्कटमा छन् । तिनको संरक्षण गर्न पालिका लागिपरेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: