Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

टि–२० विश्वकप छनोटमा नेपालद्वारा युएई १ रनले पराजित

खबरडबली संवाददाता

काठमाडौं । आईसीसी टि–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) लाई १ रनले पराजित गरेको छ । यो जितसँगै नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्ने सम्भावना थप प्रबल बनाएको छ ।

दुवै टोलीका लागि खेल निर्णायक थियो, जसमा जितले विश्वकप यात्रा नजिक ल्याउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको थियो । आइतबार ओमानको अल अम्रित क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रनको योगफल बनायो । 

जवाफमा १४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रनमै रोकियो । ओमान: ४ अंकसहित शीर्ष स्थानमा छ । नेपाल पनि ४ अंकले नेट रन रेटमा दोस्रो छ । यूएई २ अंकसहित तेस्रो स्थानमा छ । 

ओमानले आजै कतारलाई ३४ रनले हराएर शीर्ष स्थान कायम राखेको छ । नेपालले समूह चरणमा जापानलाई हराएर २ अंक जोडेको थियो । सुपर सिक्सको अर्को खेलमा सामोआ र जापान भिड्नेछन् ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएईका ओपनर जोनाथन फ्रिजेल १९ रनमा आउट भए । अलिसान शरफुले आक्रामक ५८ रन (४० बल, ३ चौका, ५ छक्का) को योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनी दीपेन्द्र सिंह ऐरीको बलमा बोल्ड भए ।

अन्तिम ओभरमा खेल निकै रोमाञ्चक बन्यो । तेस्रो बलमा शरफुले दीपेन्द्रलाई छक्का हान्दै जित नजिक ल्याए, तर चौथो बलमा सन्दीप जोराले ध्रुव पारसकरको क्याचमा उनलाई समाताए । त्यसपछि पाँचौँ बलमा हैदर अली रनआउट भए र अन्तिम बलमा जायद अली पनि रनआउट हुँदा नेपालले नाटकीय १ रनको जित दर्ता गर्‍यो ।

नेपालका ओपनर आरिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.५ ओभरमा ५६ रनको बलियो साझेदारी गरे । भुर्तेल २८ रन (२६ बल, २ चौका, २ छक्का)मा हर्षित कौशिकको बलमा एलबिडब्लु भए । कप्तान रोहित पौडेल २० रन (१९ बल, १ चौका) बनाएर मुहम्मद रोहिदको बलमा क्याच आउट भए । आरिफ शेखले शानदार ५१ रन (४७ बल, ४ चौका, १ छक्का)को इनिङ्स खेले, तर १६औँ ओभरमा ध्रुव पारसकरको बलमा बोल्ड भए ।

दीपेन्द्र सिंह ऐरी १ रनमा, कुशल मल्ल १० रनमा र गुलशन झा १४ रन (५ बल, २ चौका, १ छक्का)मा क्याच आउट भए। अन्त्यमा सन्दीप जोरा ४ रन र सोमपाल कामी ६ रनमा नटआउट रहे । नेपालको यो जितसँगै टोलीले विश्वकप प्रवेशद्वारमा बलियो पकड बनाएको छ । अब बाँकी खेलहरूमा सकारात्मक परिणाम आएमा नेपाल पुनः विश्वकप यात्रा सुनिश्चित गर्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव...

नेपालगन्ज-बघौडा हुलाकी सडकअन्तर्गत सिधनिया घाटमा तीव्र गतिमा पक्की पुल निर्माण हुँदै

बाँके । नेपालगन्ज-बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माणले गति लिएको छ । करिब ११ मिटर ...

प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ३० हजार म्यादी प्रहरी भर्ना खुल्ने

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरिएको छ । आइतबार बसेको केन्द्रीय सुरक्ष...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक, पुस २३ गते मनोनयन दर्ता सुरु

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका अनुसार पुस २३ गते उम्मेदवारी दर्ता गर्ने प्रक्रिया ...

सीआईबीद्वारा नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

काठमाडौं । नेपाल ट्रस्टका नाममा दर्ता जग्गा भाडामा दिने प्रक्रियामा अनियमितता भएको आरोपमा पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् ।  प्रहरी केन्द्...

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्...

हात्तीको बथान झापा प्रवेश गरेपछि सुरक्षित रहन आग्रह

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सवाधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ ...

कतार पठाउने भनी दश लाख रुपियाँ ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार पठाउने भनी दश लाख रुपियाँ ठगी गर्ने ४४ वर्षीय आनन्दकुमार साह पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्...

ठूला ढुंगाहरू खसेर कर्णाली करिडोरमा सडक अवरुद्ध

हुम्ला । कर्णाली करिडोर अन्तर्गत पर्न ज्ञाने ओढार ढुंगा चर्किएर खस्दा सडक अवरुद्ध भएको छ ।  सर्केगाड गाउँपालिका–१ को ज्ञाने ओढारको ढुंगा चर्किएर खस...

सिन्धुलीमा कम्युनिष्ट पार्टीप्रतिको युवा आकर्षण बढ्दै

सिन्धुली । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घका जिल्ला अध्यक्ष दीपक कार्की लगायत दर्जनौं युवाहरूले नेपाली कम्युनिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending