काठमाडौँ। मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
मेक्सिकोको मोन्टेरे स्टेडियममा आज सम्पन्न खेलमा मोरक्कोले नेदरल्यान्डसलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको हो ।
पराजयसँगै नेदरल्यान्ड्स विश्वकपबाट बाहिरिएको छ । पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सले सुरुआती गोल गर्दा मोरक्कोको प्रहार भने बाहिरिएको थियो । नेदरल्यान्ड्सको प्रहार असफल हुँदा मोरक्कोले गोल गरे। दुवै टोलीका एक प्रहार सफल भए र एक प्रहार विफल भए । अन्तिममा नेदरल्यान्ड्सको प्रहार मोरक्को गोलकिपरले बचाउँदा यता मोरक्कोले निर्णायक गोल गरे।
त्यसअघि खेलको निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटको अतिरिक्त समयममा दुवै टोलीले १–१ गोलको बराबरीमा खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो ।
खेलको ७२औँ मिनेटमा नेदरल्यान्ड्सले पहिलो अग्रता लिएको थियो । उसका लागि कोडी गाक्पोकोले गोल गरे। उनले क्राइसेन्सियो समरभिलको पासमा गोल गरेर खेलमा पहिलो अग्रता लिएको थिए।
त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा मोरक्कोले बराबरी गोल फर्काए। मोरक्कोका इसा डिओपले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए। उनले चेम्सडाइन ताल्बीको पासमा गोल गरेको हो । नेदरल्यान्ड्स जित नजिक पुगेका बेला मोरक्कोले बराबरी गोल फर्काएपछि खेल निकै रोमाञ्चक बनेको थियो ।
त्यसअघि आजै बिहान अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको थियो । खेलको निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटको अतिरिक्त समयममा १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जारी विश्वकप पेनाल्टी सुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - १३:५७
बाँके। बाँके जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज ...
आषाढ़ १७ गते, २०८३ - १३:४५
न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब १ अर्ब डलर आम्दानी गरेको विवरण सा...
आषाढ़ १७ गते, २०८३ - १३:३७
तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने पुलजीप र चितवनको मुग्लिन बजार जोड्ने त्रिशूली नदीमाथिको पुरानो पुलको सुरक्षा लट्ठामा जोखिमपूर्ण रूपमा ...
आषाढ़ १७ गते, २०८३ - १३:२५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। काठमाडौंको बनस्थलीस्थित पार्ट...
आषाढ़ १७ गते, २०८३ - १३:१२
पाकिस्तान। पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत भत्किँदा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु ...
आषाढ़ १७ गते, २०८३ - १२:४९
काठमाडौं। केही दिनदेखिको अन्योल अन्त्य गर्दै नेपाल सरकारले जर्मनीका म्यूलबैर र भेरिडोज म्पनीमार्फत नेपाली राहदानी (पासपोर्ट) छपाइ प्रक्रिया अघि बढाउने...
आषाढ़ १७ गते, २०८३ - १२:३६
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य मंगलबार रातिदेखि अनिवार्य अवकाशमा गएपछि सचिवको दरबन्दी रहेका ...
आषाढ़ १७ गते, २०८३ - १२:२०
काठमाडौं । इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि स्वचालित प्रणालीअनुसार तत्काल समायोजन गर्न यातायात व्यवसायीले सरकारसँग माग गरेका छन्। ...
आषाढ़ १७ गते, २०८३ - १२:१०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम केहीबेरमा हुँदैछ । ...
आषाढ़ १७ गते, २०८३ - १२:१०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम केहीबेरमा हुँदैछ । ...



प्रतिकृया लेख्नुहोस्: