Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

एमाले सचिवालय बैठक आज गुण्डुमा, ओलीलाई नेतृत्व छाड्न दबाब दिने तयारी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) को ५८ औं सचिवालय बैठक आज शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्दैछ। बैठक बिहान ११ बजे सुरू हुने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिएका छन्।

आजको बैठकले यही असोज २७, २८ र २९ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठकका कार्यसूचीहरू तय गर्नेछ। साथै, सचिवालय सदस्यहरूले पार्टीको हालको राजनीतिक परिस्थिति र आन्तरिक विमतिबारे धारणा राख्ने कार्यक्रम रहेको छ।

गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा हुने अपेक्षा गरिएको छ। अधिकांश सचिवालय सदस्यहरूले आजको बैठकमा नेतृत्व, रणनीति, र पार्टीको संगठनात्मक संरचनाबारे गम्भीर कुरा उठाउने तयारी गरेका छन्।

स्रोतका अनुसार, पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेताहरूले अध्यक्ष ओलीले पदबाट ‘स्टेप डाउन’ गर्नुपर्ने माग गर्न सक्ने सम्भावना छ। अघिल्लो बैठकमा यस्तो प्रस्ताव नउठे पनि आजको बैठकमा सो विषय औपचारिक रूपमा उठ्न सक्ने बताइएको छ।

यसबीच, ओली नेतृत्वको संस्थापन पक्षले पुनर्गठनको मागलाई चर्को रूपमा आलोचना गर्दै आएको छ। बिहीबार गुण्डुमा आयोजित कार्यक्रममा स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पुनर्गठनको पक्षमा उभिनेहरूलाई ‘प्रतिक्रियावादीका एजेन्ट’ को संज्ञा दिएका थिए।

बैठक अघि अध्यक्ष ओलीले सबै प्रदेश र जिल्लास्तरीय नेतृत्वसँग भर्चुअल छलफल गर्दै सुझाव लिएका छन्। ती छलफलहरूमा ओलीले आफू शारीरिक रूपमा सक्षम रहँदासम्म नेतृत्व नछाड्ने स्पष्ट संकेतसमेत दिएका छन्।

आजको सचिवालय बैठक एमालेको आगामी दिशा निर्धारणमा निर्णायक बन्न सक्ने देखिन्छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending