काठमाडौं । नेकपा (एमाले) को ५८ औं सचिवालय बैठक आज शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्दैछ। बैठक बिहान ११ बजे सुरू हुने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिएका छन्।
आजको बैठकले यही असोज २७, २८ र २९ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठकका कार्यसूचीहरू तय गर्नेछ। साथै, सचिवालय सदस्यहरूले पार्टीको हालको राजनीतिक परिस्थिति र आन्तरिक विमतिबारे धारणा राख्ने कार्यक्रम रहेको छ।
गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा हुने अपेक्षा गरिएको छ। अधिकांश सचिवालय सदस्यहरूले आजको बैठकमा नेतृत्व, रणनीति, र पार्टीको संगठनात्मक संरचनाबारे गम्भीर कुरा उठाउने तयारी गरेका छन्।
स्रोतका अनुसार, पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेताहरूले अध्यक्ष ओलीले पदबाट ‘स्टेप डाउन’ गर्नुपर्ने माग गर्न सक्ने सम्भावना छ। अघिल्लो बैठकमा यस्तो प्रस्ताव नउठे पनि आजको बैठकमा सो विषय औपचारिक रूपमा उठ्न सक्ने बताइएको छ।
यसबीच, ओली नेतृत्वको संस्थापन पक्षले पुनर्गठनको मागलाई चर्को रूपमा आलोचना गर्दै आएको छ। बिहीबार गुण्डुमा आयोजित कार्यक्रममा स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पुनर्गठनको पक्षमा उभिनेहरूलाई ‘प्रतिक्रियावादीका एजेन्ट’ को संज्ञा दिएका थिए।
बैठक अघि अध्यक्ष ओलीले सबै प्रदेश र जिल्लास्तरीय नेतृत्वसँग भर्चुअल छलफल गर्दै सुझाव लिएका छन्। ती छलफलहरूमा ओलीले आफू शारीरिक रूपमा सक्षम रहँदासम्म नेतृत्व नछाड्ने स्पष्ट संकेतसमेत दिएका छन्।
आजको सचिवालय बैठक एमालेको आगामी दिशा निर्धारणमा निर्णायक बन्न सक्ने देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २७ गते, २०८२ - ०९:३६
काठमाडौँ । गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको...
कार्तिक २७ गते, २०८२ - ०९:३१
अब यो मुद्दामा के हुन्छ?
कार्तिक २७ गते, २०८२ - ०९:२५
काठमाडौँ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८...
कार्तिक २७ गते, २०८२ - ०९:०२
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्...
कार्तिक २७ गते, २०८२ - ०८:०१
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरिएको रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ। प्रदेशका ७४ जना सांसदहरूले ...
कार्तिक २७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भाग...
कार्तिक २७ गते, २०८२ - ०७:५०
चितवन । मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार...
कार्तिक २७ गते, २०८२ - ०७:४५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच आज एकता घोषणा हुँदैछ। राष्ट्रिय सभागृहमा बुधबार दिउँसो २ बजे एकत...
कार्तिक २७ गते, २०८२ - ०७:०९
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपाली च्याङ्ग्रापालन व्यवसायबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। ...
कार्तिक २७ गते, २०८२ - ०७:०३
काठमाडौँ । गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका...




प्रतिकृया लेख्नुहोस्: