Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

कांग्रेसका सुदूरपश्चिमका २३ कांग्रेस देउवा पक्षमा, विशेष महाधिवेशन हस्ताक्षर अभियानप्रति चिन्ता

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका २३ जना नेताले पार्टीभित्र विशेष महाधिवेशनको नाममा भइरहेको हस्ताक्षर संकलन अभियानले संगठन कमजोर पार्ने चेतावनी दिएका छन् ।

बुधबार काठमाडौंमा बसेको कांग्रेस केन्द्रीय सदस्य, मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्य, प्रदेश कार्यसमितिका कार्यवाहक सभापति, जिल्ला सभापति, प्रदेश सभा सदस्य र पदाधिकारीबीचको छलफलपछि जारी विज्ञप्तिमा भनिएको छ, “अल्पमत–बहुमत र हस्ताक्षर संकलनजस्ता गतिविधिले कार्यकर्तामाझ भ्रम सिर्जना गर्दै पार्टीलाई विभाजनतर्फ लैजाने खतरा छ । यस्तो कार्यले लोकतन्त्रसम्मै असर पार्न सक्ने भएकाले सबैलाई सचेत रहन अपिल गर्छौं ।”

कांग्रेसको संस्थापनइतर समूहले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्न सकिने व्यवस्थाअनुसार हस्ताक्षर अभियान थालेको छ । उक्त समूहले ७५ प्रतिशत प्रतिनिधि आफ्नो पक्षमा जुट्ने दाबी गरेको छ ।

छलफलमा सुदूरपश्चिम प्रदेश कार्यवाहक सभापति लोकराज अवस्थी, मुख्यमन्त्री कमलबहादुर शाह, केन्द्रीय सदस्य सुशीला मिश्र र नृप बहादुर वड, राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र, कैलाली जिल्ला सभापति तथा राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्ट, कञ्चनपुर जिल्ला सभापति पदम बोगटीसहित २३ नेता सहभागी थिए ।

बैठकले वर्तमान राजनीतिक संकटको समाधान संविधानभित्र खोजी, प्रतिनिधिसभा पुनःस्थापना, त्यसपछि संविधान संशोधन गरी आमनिर्वाचनको मार्ग अपनाउनुपर्ने प्रस्ताव पनि अघि सारेको छ । यसैगरी, जेन–जी आन्दोलनका क्रममा पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको आक्रमणको तीव्र निन्दा गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending