काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्।
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताए।
मन्त्री पोखरेलले सरकारले गुणस्तरीय शिक्षाको पहुँच विस्तारसँगै युवाले कल्पना गरेको समुन्नत समाज निर्माणका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै त्यस अभियानमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखेयो।
उनले काठमाडौँ विश्वविद्यालयबाट हालसम्म विभिन्न विधामा ५१ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन भइसकेको उल्लेख गर्दै ती जनशक्तिले आफ्नो ज्ञान, सीप र अनुभव राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने अपेक्षा व्यक्त गरे। नेपालमै अवसर उपलब्ध हुने र सरकारले थप अवसर सिर्जना गर्ने प्रतिबद्धता पनि उनले जनाए।
समारोहमा मन्त्री पोखरेलले विभिन्न संकायका दीक्षित विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र प्रदान गरेको थिए।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा।डा। ऋषिकेश वाग्लेले कृत्रिम बुद्धिमत्ता र स्वचालन (अटोमेशन) को तीव्र विकाससँगै प्राविधिक दक्षतामात्र होइन, विवेक, नैतिकता, सांस्कृतिक चेतना र राष्ट्रप्रतिको जिम्मेवारीलाई पनि समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
त्यसैगरी, भारतको डेक्कन कलेज पोस्ट–ग्राजुएट एण्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा।डा। भूपेन्द्र पाटवर्धनले नेपाल–भारतबीच शिक्षा, अनुसन्धान तथा परम्परागत ज्ञानको आदानप्रदानलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै विश्वविद्यालयबाट प्राप्त शिक्षालाई आत्मविश्वास, नैतिकता र जिम्मेवारीका साथ समाजको हितमा प्रयोग गर्न विद्यार्थीलाई आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १८:२६
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
आषाढ़ १९ गते, २०८३ - १७:१४
डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)
आषाढ़ १९ गते, २०८३ - १६:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...
आषाढ़ १९ गते, २०८३ - १६:४०
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...



प्रतिकृया लेख्नुहोस्: