काठमाडौं । प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।
संसद् सचिवालयका अनुसार बैठक सुरु भएको करिब १७ मिनेटसम्म सञ्चालन भए पनि प्रत्यक्ष प्रसारणमा अडियो नआएको र बैठकको अभिलेखीकरण (रेकर्डिङ) मा समेत समस्या देखिएपछि बैठक स्थगित गरिएको हो।
बैठकका क्रममा केही सांसदले धारणा राखे पनि अडियो प्रसारण हुन नसकेपछि कार्यवाही प्रभावित भएको थियो। सचिवालयले प्राविधिक समस्या समाधान भएलगत्तै बैठक पुन: सञ्चालन गरिने जनाएको छ।
आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट पारित भई आएका अध्यादेश प्रतिस्थापन विधेयकलगायत विभिन्न विधेयकसम्बन्धी सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ।
प्रतिनिधिसभाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ९तेस्रो संशोधन० विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गरी राष्ट्रिय सभामा पठाएको छ।
त्यसैगरी, राष्ट्रिय सभामा आज विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथि समूहीकृत छलफल गर्ने कार्यसूची पनि रहेको छ।
छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षक समावेश गरिएको छ।
यस्तै, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयअन्तर्गतको विनियोजन शीर्षकमाथि पनि छलफल हुने कार्यसूची रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...
आषाढ़ १९ गते, २०८३ - १५:१७
राजविराज। राजविराजस्थित कारागार कार्यालयमा ड्युटीका क्रममा एसएलआर राइफलबाट गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्। बुधबार राति राजविराज नगरपालिका...
आषाढ़ १९ गते, २०८३ - १४:५७
राजविराज । राजविराज नगरका पाँच हजारभन्दा बढी मूलनिवासी परिवार लालपुर्जाविहीन अवस्थामा छन । पुस्तौँदेखि भोगचलन गर्दै आएको विटौरी जग्गाको जग्गाधनी प्...
आषाढ़ १९ गते, २०८३ - १४:४२
काठमाडौं । प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। संसद् सचिवालयका अनुसार बैठक सुरु भएको करिब १७ मिनेटसम्म सञ्चालन भए पनि प्रत्...
आषाढ़ १९ गते, २०८३ - १४:३१
जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको छ। महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका मह...
आषाढ़ १९ गते, २०८३ - १४:१९
काठमाडौं । संवैधानिक परिषद्को बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। प्रमुख विपक्षी दलका नेता तथा नेपा...
आषाढ़ १९ गते, २०८३ - १३:५६
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले कार्यकालको पहिलो सय दिनमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गरे...
आषाढ़ १९ गते, २०८३ - १३:४०
काठमाडौं । कपिलवस्तुमा पंखाको तार जोड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ। मायादेवी गाउँपालिका–७ रतनपुर निवासी ३२ वर्षीय रमेश यादवको बिह...



प्रतिकृया लेख्नुहोस्: