काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय कमिटी विघटन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने तयारी गरेको छ । पार्टीको आगामी संगठनात्मक संरचना र राजनीतिक दिशाबारे गहन छलफलपछि यस्तो निर्णय भएकाे हाे ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले संगठनभित्र मजबुत एकता कायम गर्न र वर्तमान राजनीतिक आवश्यकता अनुसार संरचना पुनर्गठन गर्न केन्द्रीय कमिटी भंग गर्ने प्रस्ताव अगाडि सार्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार बैठकले अध्यक्ष प्रचण्डको संयोजनमा विशेष महाधिवेशन आयोजक समिति बनाउने र उक्त प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पेस गर्ने छ ।
सापकोटाले विशेष महाधिवेशनको मिति तोक्ने विषयसमेत प्रस्तावमा समेटिने बताए । “विशेष महाधिवेशन आयोजक समितिको संयोजकमा अध्यक्ष प्रचण्ड नै रहने लगभग निश्चित छ,” उनले भने, “तर यसबारे फरक मत भए केन्द्रीय कमिटीमा छलफल गरी अन्तिम टुंगो लगाइनेछ ।”
बैठकले अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रस्ताव पनि केन्द्रीय कमिटीको पूर्ण बैठकमा पेस गर्ने र प्रदेशअनुसार प्रतिनिधि विभाजन गरेर आगामी कार्ययोजना तय गर्ने निर्णय गरेको छ । पार्टीको नीति, कार्यदिशा र संरचनामा आवश्यक परिमार्जनका लागि महाधिवेशनलाई निर्णायक अवसरका रूपमा लिने तयारी भइरहेको सापकोटाले स्पष्ट पारे ।
यस्तै, तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई ध्यानाकर्षण गराउने, समाजवादी मोर्चा लगायत विचार मिल्ने राजनीतिक शक्तिसँग कार्यगत एकता तथा सहकार्य बढाउने, र जेनजीलगायत परिवर्तनकारी समूहहरूसँग संवाद र समझदारी कायम गर्ने विषयमा पनि बैठकमा सहमति जुटेको उनले बताए ।
स्थायी कमिटीका नेताहरूले विशेष महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक सुदृढीकरण, नयाँ राजनीतिक परिस्थिति र जनअपेक्षाअनुसार माओवादी केन्द्रलाई पुनःसङ्गठित गर्ने अवसरका रूपमा लिएका छन् ।
यी हुन् केन्द्रीय समिति बैठकका एजेण्डा
१. श्रद्धाञ्जली
२. अध्यक्ष प्रचण्डबाट राजनीतिक प्रस्ताव प्रस्तुत
३. प्रस्तावमाथि छलफल
४. विशेष महाधिवेशन सम्बन्धमा
5. ५. फागुन २१ गतेको आम निर्वाचन सम्बन्धि
६. पार्टी एकता तथा ध्रुवीकरण सम्बन्धमा
७. राहत तथा पुनर्निर्माण
८. जनपरिचालन तथा जनसम्बन्धबारे
९. विविध
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: