बाजुरा । बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-१ बाहुनीका प्याजले मूल्य नपाउँदा गाउँमै थन्किएको छ ।
बाहुनीका झण्डै ३५ घरपरिवारले व्यावसायिक रुपमा प्याज खेती गर्दै आएका छन् । उनिहरुको मुख्य पेशा प्याज खेती नै हो । तर उनिहरुले राम्रो मेहनत गरेर उप्तादन गरेको प्याजले समयमै बजार पाउने गरेको छैन ।
समयमै बजार नपाउँदा तथा बजार पाए पनि त्यसले राम्रो मूल्य नपाउँदा अहिले यहाँका किसानले उत्पादन गरेको अर्गानिक प्याज विगत चार महिनादेखि गाउँमै थन्किएको छ । गाई गोरुको मल प्रयोग गरेर उत्पादन गरेको अर्गानिक प्याजले राम्रो मूल्य नपाउँदा गाउँमै थन्किएको डिबिएस कृषि पशुपंछी बहुउद्देश्य सहकारी संस्थाका सञ्चालक वीरभान विकले बताए ।
उनले भने, “बाहुनीमा प्याज राम्रो उत्पादन हुन्छ । प्याज राम्रो उत्पादन हुने गरेकोले अहिले यसलाई यो प्याज पकेट क्षेत्रका रुपमा विस्तार गर्दै आएको छ । यहाँ प्याज राम्रो उत्पादन हुने गरेको भए पनि किसानलाई भने बिक्री गर्न समस्या हुने गरेको छ । ”
राम्रो मूल्य पाउँनका लागि प्याज लामो समय स्टोर गर्नुपर्ने हुन्छ । तर त्यसका लागि चिस्यान केन्द्रको व्यवस्था हुनुपर्छ । त्यो यहाँ छैन । त्यसैले राम्रो मूल्यको पर्खाइमा प्याज गाउँमै सड्ने अवस्था भएको बिकले बताए ।
यहाँका किसानले असोजमा बेर्ना राखेर मङ्सिरमा सार्ने गर्छन् । त्यसपछि त्यसलाई असारमा निकाल्छन् । करिब १० महिनाको लगानीपछि प्याज भित्र्याउने गर्छन् । उत्पादन गर्दा दश महिना लाग्ने गरेको प्याज बिक्री गर्दा त्योभन्दा बढी समय लाग्ने गरेकोले यतिबेला यहाँका किसान निकै मर्कामा पर्ने गरेका छन् । गाउँमा प्याज केन्द्र मात्र स्थापना गरेको छ । त्यसमा लामो समयसम्म प्याज राख्न हुँदैन । त्यसका लागि चिस्यान केन्द्रको नै व्यवस्था हुनुपर्छ । अहिले सम्म त्यसको केही व्यवस्था गरेको छैन् ।
यहाँका किसानले हिउँदे खेती गहुँ उत्पादन गर्ने ठाउँमा अहिले प्याज पकेट क्षेत्र बनाएका छन् । प्याज पनि राम्रो उत्पादन हुन्छ । यहाँ प्रत्येक वर्ष ४ देखि ५ सय क्विन्टल प्याज उत्पादन हुन्छ । तर त्यो प्याजले कहिल्यै पनि राम्रो मूल्य पाउने गरेकाे छैन् ।
पहिला प्रदेशले ढुवानी अनुदान रोकिदिएको थियो । यतिबेला बल्ल त्यो खुलेको छ । यसका लागि यहाँका किसानले कार्यालयमा निवेदन गर्नुपर्छ । त्यसको म्याद असोज ८ गतेसम्म छ । त्यो दिनभित्र निवेदन दिएपछि हामीले अत्तरिया, सुर्खेत र नेपालगञ्जमा रहेका तरकारी पसलसम्म ढुवानीको व्यवस्था गर्न सकिने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए ।
गाउँमा एकदमै अर्गानिक प्याज उत्पादन भएको छ । तर त्यसले राम्रो मूल्य पाएन । किसानले राम्रो मूल्य पाउने गरी हामीले त्यसलाई केही समयसम्म टोर गर्न लगाएका थियौ । उनका अनुसार बजारमा प्याजको माग बढ्न थालेको छ । हामीले पनि प्याजलाई गाउँदेखि पीलिचौरसम्म ढुवानी गरिएको छ ।
त्यहाँदेखि पनि अनुदानको व्यवस्था गरेर सहरमा बिक्री गर्ने तयारी भइरहेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: