फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त्य गर्ने उद्देश्यले गाउँपालिकाले दलित सचेतना कार्यक्रमअन्तर्गत दम्पतीहरूलाई सम्मान गरेको हो ।
गाउँपालिकामा आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरी समाजमा सकारात्मक सन्देश प्रवाह गरेका दम्पतीलाई सम्मान गरिएको दलित अधिकारकर्मी गणेश कार्की डोलीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रममार्फत प्रत्येक दम्पतीलाई नगद ३ हजार रुपियाँ तथा सम्मानपत्र प्रदान गरिएको छ ।
सम्मानित हुनेहरूमा वडा १ का कविता बयलकोटी र मौसम लिम्बू, वडा नं २ का होमबहादुर दर्नाल र सिर्जना राई, वडा नं ३ का रमेश घिमिरे र सरिता नाल्बो, सुमन बराइली र सङ्गीता लिम्बू तथा हेमकुमार थापा र अस्मिता दर्नाल रहेका छन् ।
त्यसैगरी वडा ४ का सविन बर्देवा र सङ्गीता श्रेष्ठ, वीरकुमार कार्की डोली र सिर्जना तामाङ तथा वडा ५ का धननाथ नेपाली र साङ्गी शेर्पा, आइतवीर र अस्मिता बराइली, कृष्ण बिक र कमला लिम्बू तथा सलबहादुर नेपाली र गंगादेवी शेर्पा सम्मानित भएका छन्।
अन्तरजातीय विवाहले सामाजिक एकता, सहिष्णुता र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू ९दिपेन० ले बताउनुभयो। उहाँका अनुसार अझै पनि समाजका केही क्षेत्रमा जातीय विभेदका घटना देखिने भएकाले यस्ता सम्मान कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।
गाउँपालिकाले सामाजिक रूपान्तरण र जातीय विभेद न्यूनीकरणका लागि आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा प्रोत्साहनात्मक कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष पोमूले बताए। अन्तरजातीय विवाह गर्ने दम्पतीलाई सम्मान गर्ने कार्यले सामाजिक सद्भाव अभिवृद्धि हुनुका साथै मतभेदमुक्त समाज निर्माणमा थप टेवा पुग्ने अपेक्षा गरिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १७:३५
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...
आषाढ़ ३० गते, २०८३ - १७:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
आषाढ़ ३० गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...
आषाढ़ ३० गते, २०८३ - १६:३८
वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री
आषाढ़ ३० गते, २०८३ - १६:२८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...
आषाढ़ ३० गते, २०८३ - १६:१५
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...
आषाढ़ ३० गते, २०८३ - १६:०६
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...
आषाढ़ ३० गते, २०८३ - १५:४९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...
आषाढ़ ३० गते, २०८३ - १५:३८
काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...
आषाढ़ ३० गते, २०८३ - १५:२२
खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन



प्रतिकृया लेख्नुहोस्: