Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

चङ्खेलीमा फोरजी सेवा सुरु, नागरिक उत्साहित

खबरडबली संवाददाता

हुम्ला । वर्षौंदेखि टेलिफोन र इन्टरनेट सुविधाबाट वञ्चित चङ्खेली गाउँपालिकामा सोमबारदेखि फोरजी सेवा सञ्चालनमा आएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

पहिले टेलिफोनसमेत काम नगर्ने अवस्थाका कारण व्यवसायीहरूलाई बिहान घाम लागेपछि डाँडामा पुगेर फोन गर्नुपर्ने र साँझपछि सेवा बन्द हुने समस्या थियो। अब भने घरमै बसेर इन्टरनेट प्रयोग गर्न सकिने भएको छ। मेल्छाम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी हर्क बुढाका अनुसार केही घरमा राम्रो सिग्नल पाइन्छ भने केहीले बाहिर निस्केर प्रयोग गर्नुपर्ने अवस्था छ।

व्यवसायी दीपक थापाले भने, “पहिले पसलका कामका लागि कार्यालय धाउनुपर्थ्यो, अब भने पसलमै बसेर सबै काम गर्न सकिन्छ।” गाउँकै कुनामा बसेर भिडियो कल गर्न पाउँदा खुसी लागेको स्थानीय राजेन्द्र शाहीले बताए।

चङ्खेली–३ को लामाकाँधमा जडान गरिएको टावरले गाउँपालिकासहित सर्केगाड र मुगुको सोरु गाउँपालिकाका केही बस्तीमा पनि सेवा पुर्‍याउनेछ। नेपाल टेलिकमका अनुसार फोरजी विस्तारसँगै हुम्लाको दक्षिणी क्षेत्रका ताँजाकोट, अदानचुली, सर्केगाड र मुगु–बाजुराका केही गाउँमा समेत सेवा सुरु भएको छ।

गाउँमै फोरजीसहितको इन्टरनेट र टेलिफोन सुविधा उपलब्ध भएपछि स्थानीय तहको प्रशासनिक काम, स्वास्थ्य सेवा र विद्यालयको डिजिटल/अनलाइन शिक्षामा सहजता आएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताए। स्वास्थ्य संयोजक सुरविर शाहीका अनुसार अब स्वास्थ्यसम्बन्धी डाटा अनलाइन राख्न पनि सरल हुने भएको छ।

यस सेवाका लागि गाउँपालिकाले दुई वर्षदेखि नेपाल टेलिकमसँग निरन्तर समन्वय गर्दै आएको थियो। गत वर्ष टावर निर्माण सुरु भएसँगै यो सफल भएको हो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending