Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कांग्रेस अब फुट होइन, कब्जाको लडाइँमा

निर्वाचन आयोग निर्णायक तर असहज अवस्थामा

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेस अब केवल आन्तरिक सत्ता संघर्षमा सीमित छैन, पार्टीको आधिकारिकता कसको ? भन्ने निर्णायक लडाइँमा प्रवेश गरेको छ। दोस्रो विशेष महाधिवेशनले बहुमतको आधारमा नयाँ नेतृत्व चयन गरिरहँदा संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाटै निष्कासन गर्ने निर्णय गरेपछि कांग्रेसको विवाद कानुनी मोडमा पुगेको हो।

५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागितामा विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढाइसकेको छ। अर्कोतर्फ, देउवा पक्षको कारबाहीले पार्टीभित्र समानान्तर शक्ति संरचना बनाएको छ। यही टकरावले कांग्रेसलाई अब ‘राजनीतिक सहमति’ भन्दा बाहिर निकाल्दै निर्वाचन आयोग र सर्वोच्च अदालतको ढोकासम्म पुर्‍याउने संकेत दिएको छ।

कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन कुनै अवैधानिक प्रक्रिया होइन। वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीका अनुसार, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि विशेष महाधिवेशन बोलाउनु सभापतिको बाध्यकारी कर्तव्य हो। सभापतिले आलटाल गरेमा पार्टीको अन्य पदाधिकारीले बोलाएको विशेष महाधिवेशन पनि विधानसम्मत नै हुन्छ।

“लोकतन्त्र बहुमतको शासन हो,” ज्ञवाली भन्छन्, “बहुमत प्रतिनिधिको उपस्थितिमा भएको निर्णयलाई अवैध भन्न सकिँदैन।” उनको बुझाइमा विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई कानुनी आधारमा वैधता दिन निर्वाचन आयोग बाध्य हुन सक्छ, तर विवाद यहीँ टुंगिने छैन।

निर्वाचन आयोग : निर्णायक तर असहज अवस्थामा

हाल निर्वाचन आयोगको अभिलेखमा नेपाली कांग्रेसको सभापतिका रूपमा शेरबहादुर देउवाकै नाम छ। समानुपातिक उम्मेदवारको बन्दसूचीमा पनि देउवाकै हस्ताक्षर प्रयोग भइसकेको छ। तर अब विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि गगन थापा–विश्वप्रकाश शर्मा पक्षले आयोगमा विवरण अद्यावधिकका लागि निवेदन दिनेछ।

यही बिन्दुबाट आधिकारिकताको वास्तविक संघर्ष सुरु हुन्छ। देउवा पक्षले उक्त अद्यावधिक रोक्न आयोगमा प्रतिवेदन दिनेछ। यस्तो अवस्थामा राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ र परिच्छेद–९ अनुसार आयोगले दुवै पक्षलाई सुन्ने, इजलास गठन गर्ने र विस्तृत छानबिनपछि मात्र निर्णय लिने पूर्वअभ्यास छ। यस प्रक्रियामा ४५ दिन वा त्योभन्दा बढी समय लाग्न सक्छ।

अदालतको ढोका र चुनावी असर

निर्वाचन आयोगले जुनसुकै निर्णय गरे पनि त्यसप्रति असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने लगभग निश्चित छ। अदालतमा मुद्दा विचाराधीन रहँदा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको आधिकारिक हैसियत नै अन्योलमा पर्न सक्छ। पार्टीको चुनाव चिह्न, उम्मेदवारको मान्यता र कानुनी हैसियतसम्म प्रभावित हुने जोखिम देखिएको छ।

कांग्रेसको संकट अब राजनीतिक होइन, संवैधानिक

कांग्रेसभित्र देखिएको यो संकट अब नेतृत्व परिवर्तनको बहस मात्र रहेन। यो बहुमतको वैधता बनाम संस्थागत मुहरको टकराव हो। सडक, सभा र नाराभन्दा बाहिर निस्केर कांग्रेस अब कानुन, आयोग र अदालतको फैसला कुर्न बाध्य अवस्थामा पुगेको छ।

यो लडाइँले केवल देउवा वा गगन–विश्वको भविष्य तय गर्ने छैन, नेपाली कांग्रेस आगामी चुनावमा ‘एक पार्टी’ का रूपमा उभिन सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर पनि यही प्रक्रियाबाट तय हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: