म्याग्दी । जिल्लाको बेनी नगरपालिका १० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ । पात्लेखेतको फेदीबाट बग्ने राहुघाट नदीबाट सुरु भएको बान्द्रेखाल्टी र पाखाको पहिरो गाउँसम्म आइपुगेपछि जोखिम बढेको हो ।
पहिरोले ३० जना किसानको सात सय रोपनी खेतीयोग्य जमिन बगाएको बताउँदै करिब आठ हेक्टरभन्दा बढी वन नष्ट गरेको स्थानीय केदार सुवेदीले जानकारी दिए । उनका अनुसार हरि गर्बुजा, खम्बी गर्बुजा, यामबहादुर राम्जाली र लालबहादुर हमालको परिवार पहिरोका कारण विस्थापित भएका छन् ।
गोकुल शर्मा, केदार सुवेदी, नरबहादुर मल्ल, जागेश्वर रिजाल, धनबहादुर मल्ल, अर्जुन पराजुली, मनबहादुर रावत, टीका गिरी र कमल मल्लको घर पहिरोको उच्च जोखिममा परेका बेनी नगर कार्यपालिका सदस्य निर्मला मल्लले जानकारी दिए । उनका अनुसार पहिरोका कारण बान्द्रेखाल्टीका ३५ र पाखाका २८ परिवार जोखिममा परेका छन् ।
‘भिरालो जमिन र कमजोर भूगोल भएको पाखो निरन्तर बगिरहेको छ । खेतबारी धाँजा फाटेर चिरा परेका छन् । घरका पर्खाल चर्किएका छन् । ग्यावियन पर्खाल निर्माण, पानी तर्काउने विधि अपनाइए पनि पहिरो रोकथामको प्रयास सफल भएको छैन’, उनले भने ।
केही दिनअघि पहिरोको जोखिम भएको क्षेत्रको निरीक्षण गर्न पुगेका सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पात्लेखेत पहिरोको प्राविधिक अध्ययन गरी दीर्घकालीन समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १७:४०
पर्वत। दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र गर्न थालिएको छ। विसं २०४९ मा मार्ग विस्तार गरिए पनि ...
मंसिर २१ गते, २०८२ - १७:३७
जुम्ला । कनकासुन्दरी गाउँपालिका–६ स्थित गोठिज्युला प्रहरीचौकीले सुविधा सम्पन्न पक्की भवन प्राप्त गरेको छ। प्रहरी चौकी स्थापना भएको १४ वर्षपछि आफ्नै सु...
मंसिर २१ गते, २०८२ - १७:३५
काठमाडौं । दुई दिने भ्रमणका क्रममा यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारतको नयाँ दिल्लीमा रहेका छन् । विहिबार बेलुका दिल्ली पुगेका पुटिनलाई वि...
मंसिर २१ गते, २०८२ - १७:३२
काठमाडौँ । सरकारले कृषि क्षेत्रको विकासका लागि कृषियोग्य जमिन छुट्याउने भएको छ । कृषियोग्य जमिनको संरक्षणका लागि कृषि र गैरकृषि जग्गा वर्गीकरण गर्न ला...
मंसिर २१ गते, २०८२ - १७:३०
सुमात्रा । इन्डोनेसियाको सुमात्रा टापुमा थप भारी वर्षाको सम्भावना देखिएको छ, जसले पहिले नै बाढीबाट प्रभावित क्षेत्रहरूमा थप चुनौतीपूर्ण अवस्था सिर्जना...
मंसिर २१ गते, २०८२ - १७:२७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणले देशका अन्य प्रदेशहरूमा पनि प्र...
मंसिर २१ गते, २०८२ - १७:१९
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालका युवापुस्ता, विशेषगरी जेनजी पुस्ताबीच नेकपाप्रतिक...
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...




प्रतिकृया लेख्नुहोस्: