कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य स्वागत गरिएको छ । खाँडाचक्र नगरपालिका–३, ताडी निवासी ५३ वर्षीय गोविन्द देवकोटालाई स्थानीयवासी तथा आफन्तजनले सम्मानसहित स्वागत गरेका हुन् ।
निर्वाचन सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै पटक–पटक म्यादी प्रहरीको जिम्मेवारी पूरा गरेका देवकोटा बिहीबार जिल्ला प्रहरी कार्यालयबाट बिदाइ भई गाउँ पुगेको थिए । उनलाई स्थानीय युवा तथा दाजुभाइले रुपैयाँको माला र अबिर लगाएर भव्य स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा बोल्दै देवकोटाले आफूले कालीकोटमै रहेर सात वटा निर्वाचनमा म्यादी प्रहरीको भूमिका निर्वाह गरेको बताए । 'एकातिर निर्वाचन शान्तिपूर्ण बनाए भने अर्कोतर्फ आम्दानीको स्रोत पनि हुने भएकाले मैले पटक–पटक सेवा गर्ने अवसर पाएँ,' उनले भने। उनले वि.सं. २०५४ देखि २०८२ सम्मको आफ्नो सेवा यात्रा इमानदारीपूर्वक पूरा गरेकोमा गौरव व्यक्त गरे।
स्थानीय लक्ष्मणबहादुर शाहीले गाउँकै व्यक्तिले सात पटकसम्म राज्यको सुरक्षा निकायलाई विश्वास दिलाएर जिम्मेवारी पूरा गर्नु गर्वको विषय भएकाले स्वागत गरिएको जानकारी दिए।
देवकोटाले वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा पहिलो पटक म्यादी प्रहरीका रूपमा सेवा सुरु गरेको थिए। त्यतिबेला उनले चार हजार दुई सय रुपैयाँ पारिश्रमिक पाएको थिए । हाल २०८२ सालको आम निर्वाचनमा अन्तिम पटक सेवा गर्दा उनले ४९ हजार रुपैयाँ बुझेको छन्।
वि।सं। २०२९ सालमा जन्मिएका देवकोटा अहिले ५३ वर्ष पुगेको छन् । म्यादी प्रहरीका लागि ५४ वर्षको उमेर हद तोकिएकाले अब आउने निर्वाचनमा सहभागी हुन नपाउनेमा उहाँ केही चिन्तित देखिन्छन् ।
उनले वि.सं. २०५४ को स्थानीय निर्वाचनपछि २०५६ को आम निर्वाचन, २०६४ र २०७० को संविधान सभा निर्वाचन, २०७४ को स्थानीय, सङ्घ तथा प्रदेश निर्वाचन, २०७९ को स्थानीय, सङ्घ तथा प्रदेश निर्वाचन र अन्तिममा २०८२ को आम निर्वाचनमा सुरक्षाको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८३ - १७:४७
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...
बैशाख १६ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...
बैशाख १६ गते, २०८३ - १७:३२
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ । ललितपुरको बीपी...
बैशाख १६ गते, २०८३ - १७:०९
काठमाडौं । नेपाल बार एशोसिएसनले राष्ट्रपतिसमक्ष सिफारिस गरिएका अध्यादेशहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार महासचिव केदारप्रसाद कोइरा...
बैशाख १६ गते, २०८३ - १६:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी ...
बैशाख १६ गते, २०८३ - १६:४५
काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ। उक्त आयोग गैरकानुनी भएको दाबी गर्दै यसको...
बैशाख १६ गते, २०८३ - १६:३३
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन्। बुधबार सर्लाहीमा...
बैशाख १६ गते, २०८३ - १६:२३
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले पार्टीका सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन्। सिंहदरबारस्थित ...
बैशाख १६ गते, २०८३ - १६:०४
अस्ट्रेलिया। दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका ...
बैशाख १६ गते, २०८३ - १५:४०
काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय ...


प्रतिकृया लेख्नुहोस्: