Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

धमाधम चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार: बालेनको १४ र रविको नौ लाख, अरु नेता कसको कति ?

खबरडबली संवाददाता

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता कायम गर्न आयोगले तोकेको आचारसंहिता र कानुनी व्यवस्थाअनुसार उम्मेदवारहरूले धमाधम विवरण पेस गर्न थालेका हुन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारका क्रममा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिइसकेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका राजनीतिक दलले आयोगले तोकेको ढाँचामा खर्च विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यस्तै, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (२) बमोजिम खर्चको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तोकिएको समयभित्र खर्च विवरण नबुझाउने वा सार्वजनिक नगर्ने उम्मेदवारलाई कानुनबमोजिम कारबाही हुने भएपछि उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत समेत विवरण सार्वजनिक गरिरहेका छन् ।

उम्मेदवारको खर्च विवरण

बालेन्द्र साह (बालेन): राष्ट्रिय स्वतन्त्र पार्टीका नेता साहले झापा निर्वाचन क्षेत्र नं. ५ को खर्च विवरणअनुसार कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरिका छन्  । जसमा सवारी साधन भाडा र इन्धनमा २ लाख ९३ हजार ८ सय, वडास्तरीय प्रचारमा ५ लाख ८० हजार र प्रचार सामग्रीमा १ लाख ५७ हजार ४१ रुपैयाँ खर्च भएको छ ।

स्वर्णिम वाग्ले: तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित सांसद वाग्लेले २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च भएको विवरण बुझाएको छन् । उनको सबैभन्दा बढी खर्च प्रचारप्रसार सामग्री खरिद तथा छपाइमा ६ लाख ५० हजार २९८ रुपैयाँ भएको देखिएको छ ।

रवि लामिछानेस् रास्वपा सभापति लामिछानेले चितवन–२ को निर्वाचन खर्च ९ लाख ८९ हजार ९८७ रुपैयाँ भएको विवरण पेस गरेको छन । उनको खर्चमा यातायात तथा इन्धनमा २ लाख ९५ हजार र खाद्यान्न तथा रासनमा १ लाख ९६ हजार रुपैयाँ समावेश छ ।

सोविता गौतम: चितवन क्षेत्र नं. ३ की उम्मेदवार गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।

महावीर पुन: म्याग्दी क्षेत्र नं. १ बाट उम्मेदवार रहनुभएका पुनले २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरेको छन् । उनको खर्चमध्ये होटलमा खाना र बस्नका लागि मात्र १३ लाख ७ हजार ६१९ रुपैयाँ खर्च भएको देखिएको छ ।

सूर्य थापा: प्युठान–१ का एमाले नेता थापाले २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च भएको विवरण बुझाएको छन्।

शंकर पोखरेलस् एमाले महासचिव पोखरेलले दाङ–२ को खर्च विवरणमा सवारी साधन, इन्धन, र गोष्ठीरअन्तरक्रिया लगायतका शीर्षकमा १६ लाख ५० हजार खर्च भएको उल्लेख गरेको छन् ।

कमल थापा: राप्रपा नेता कमल थापाले काठमाडौँ–५ बाट चुनाव लड्दा २३ लाख १० हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेको छन् । उनको एक भोटका लागि औसत एक हजार रुपैयाँभन्दा बढी खर्च भएको देखिएको छ ।

निर्वाचन आयोगले खर्च विवरण प्राप्त भएपछि त्यसको अध्ययन र प्रमाणीकरण गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ । अन्य उम्मेदवारले पनि सम्बन्धित निर्वाचन कार्यालयमा विवरण बुझाउने क्रम जारी रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: