Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्वअध्यक्ष बम्जन १० लाख धरौटीमा रिहा

खबरडबली संवाददाता

पाेखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन १० लाख धरौटीमा रिहा भएका छन् । सहकारी ठगी अभियोगमा फरार बमजन आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित थिए । 

अदालतका न्यायाधीश शंकरकुमार राईले बम्जनको थुनछेक बहसपछि १० लाख धरौटी माग गर्ने आदेश गरेको स्रेस्तेदार राजन खनालले जानकारी दिए । “१० लाख धरौटी माग गर्ने आदेश भएको छ, धरौटी बुझाएर उहाँ छुट्नु भएको छ,” खनालले भने । 

बमजन सूर्यदर्शन सहकारीका मुख्य योजनाकार मानिएका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राइका जेठान हुन्छन् । बमजनले नै जिबीलाई पोखरा ल्याई सूर्यदर्शन सहकारीको अध्यक्ष बनाएको विभिन्न छानबिन समितिका प्रतिवेदनमा उल्लेख छ ।

ओखलढुङ्गामै विवाह गरिसकेका जिबीले बमजनकी बहिनी भगवतीसँग पछि दोस्रो विवाह गरेका थिए । अदालतमा बमजनले सहकारी ठगीमा आफू संलग्न नभएको बयान दिएका थिए । बमजनमाथि सहकारीको अध्यक्ष हुँदा एक करोड ५४ लाख ४९ हजार आठ सय ३९ रुपैयाँ अपचलन गरेको अभियोग छ । यो सहकारी एक अर्ब ५१ करोड रुपैयाँ हिनामिना भएको छ ।

सहकारी पीडितले भने फरार प्रतिवादी बमजन अदालतमा उपस्थित भएर बयान दिँदा जानकारी नदिइएको भन्दै असन्तुष्टि जनाएका छन् । सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, “अभियोजनकर्ता नै उपस्थित नभई कसरी बयान भयो ? जाहेरवाला हामी हौं ।”

आइतबार अदालतमा सहकारी पीडितको तर्फबाट अधिवक्ताहरू युवराज पराजुली, बिबी विष्ट र दीपक शर्मा पौडेल र बामजनको तर्फबाट द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending