भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा खटिएका देखिन्छन्।
जिल्लाका विभिन्न गाउँबस्तीमा किसानले आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भित्र्याउने काम गरिरहेका हुन्। जिल्लाका ग्रामीण भेगमा हिउँदे मौसममा लगाइने आलु किसानका लागि महत्वपूर्ण बालीका रूपमा लिइन्छ।
यसले घरायसी खाद्यान्नको आवश्यकता पूर्ति गर्नुका साथै नगदेँ आम्दानीको स्रोतसमेत बनेको छ। विशेषगरी जिल्लाका पहाडी भेगका किसानले हिउँदे सिजनमा आलुखेतीलाई प्राथमिकता दिने गरेका छन्।
भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिकासहित प्रायः सबै क्षेत्रमा किसान यतिबेला आलु खन्ने र थन्काउने काममा व्यस्त देखिन्छन्। केही किसानले उत्पादन भएको आलु घरायसी प्रयोजनका लागि भण्डारण गरिरहेका छन् भने अधिकांशले बजारमा बिक्रीका लागि तयारी गरिरहेका छन्।
भोजपुर नगरपालिका ५ बोखिमका किसान धनबहादुर थापाका अनुसार आलु खेतीले प्रशस्त आम्दानी दिने भएकाले पछिल्लो समय यहाँका किसान यसतर्फ आकर्षित हुँदै गएका छन्। ‘अन्य बालीभन्दा आलुबाट छिटो आम्दानी लिन सकिन्छ ’, उनले भने, ‘भोजपुर बजार नजिक भएकाले बेचबिखनमा खासै समस्या छैन। हामी यतिबेला आलु थन्काउनमा व्यस्त छौँ।’
गाउँबाट युवाशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ जाने क्रम बढ्दै जाँदा खेतबारीमा कामदार अभाव हुने समस्या देखिएको किसानहरूको गुनासो छ। अधिकांश किसानले परिवारका सदस्यकै सहयोगमा आलु खन्ने र थन्काउने काम गरिरहेका छन्।
जिल्लामा उत्पादन भएको आलु स्थानीय बजारसँगै छिमेकी जिल्ला र पूर्वी तराईका बजारसम्म पनि बिक्री हुने गरेको व्यापारीहरू बताउँछन्। उचित बजार व्यवस्थापन र भण्डारणको सुविधा उपलब्ध भए आलुखेतीबाट थप आम्दानी लिन सकिने किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा हिउँदे र वर्षे गरी गत वर्ष कूल ५१ हजार ९०० मेट्रिकटन आलु उत्पादन भएको थियो।
जिल्लामा करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ। समयमै आलु थन्काएर सुरक्षित रूपमा भण्डारण गर्न सके किसानलाई वर्षभरि खाद्यान्नको सहजता हुने र अतिरिक्त उत्पादन भएको बिक्री गरेर आम्दानी लिन सकिने किसान बताउँछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: