नवलपुर । नवलपुरको कावासोती नगरपालिका–१३ का बासिन्दा वर्षौंदेखि खानेपानी अभाव झेलिरहेका छन् । करिब ४ हजार ५ सय घरधुरीलाई लक्षित गरी पाँच वर्षअघि सुरु गरिएको बौनाहा खानेपानी आयोजना ठेकेदारको लापरबाहीका कारण अधुरै छाडिएको छ ।
ओभरहेड ट्याङ्की, पाइपलाइन र अन्य संरचना निर्माण बीचैमा रोकिएपछि स्थानीय उपभोक्ताले अझैसम्म खानेपानी पाउन सकेका छैनन् । “धारामा पानी आउँदैन, बोरिङको पानी पिउन बाध्य भएका छौं । हिउँदमा त त्यो पनि अभाव हुन्छ,” स्थानीय धनप्रसाद थनेतले गुनासो गर्दै भने, “आयोजना सुरु भएको वर्षौं भइसके पनि किन पूरा भएन, हामीलाई केही थाहा छैन ।”
२०७७ असार २१ मा सम्झौता भएको आयोजनालाई २०७९ असारसम्म सक्ने भनिएको थियो । तर, काम अघि नबढ्दा पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तम लामिछानेका अनुसार, प्राकृतिक–काश्यप–समिर जेभी कम्पनीले जिम्मा लिएको आयोजना पटक–पटक म्याद थपिँदा पनि काम पूरा भएको छैन ।
“जनप्रतिनिधिसहित टोली बनाएर पटक–पटक दबाब दिइयो, तर ठेकेदार टसको मस छैन,” अध्यक्ष लामिछानेले भने, “ओभरहेड ट्याङ्की अधुरै छ, उपभोक्ता पानीको अभावमा छटपटाइरहेका छन् ।”
कोरोना महामारीलाई कारण देखाउँदै २०७९ असार २१ मा सकिनुपर्ने आयोजना २०८० असार २१ सम्म लम्ब्याइएको थियो । पछि पुनः २०८१ जेठ १ सम्म म्याद थपिए पनि अझै काम सम्पन्न हुन सकेको छैन । ३ करोड ९२ लाख ६५ हजार ८ सय ७ रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट ठेकेदार कम्पनीले हालसम्म करिब १ करोड ९ लाख रुपैयाँ भुक्तानी लिइसकेको समितिले जनाएको छ ।
अध्यक्ष लामिछानेका अनुसार, पटक–पटक म्याद थप्दा पनि जिम्मेवार बनाउन नसक्नु सम्बन्धित निकायको कमजोरी हो र अब ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको छ । कावासोती–१३ का वडाध्यक्ष लालबहादुर गुरुङले ठेकेदारको ढिलासुस्तीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै आयोजनालाई अलपत्र पारिएको भन्दै कडा आपत्ति जनाए ।
समितिले ठेकेदार सम्पर्कमा नआएपछि राजनीतिक दलका प्रतिनिधि र स्थानीय उपभोक्तासहित निर्माण स्थलमै फोटोसहित सूचना टाँसेर खोजिदिन आग्रह समेत गरेको थियो ।
नवलपुरका आयोजनालाई हेर्ने तनहुँ खानेपानी डिभिजन कार्यालयका इन्जिनियर महेन्द्र आचार्यले ठेकेदारकै लापरबाहीले आयोजना अधुरो रहेको बताए । “काम सम्पन्न नभएकाले थप भुक्तानी र नवीकरण रोकेका छौं,” उनले भने, “अब पुनः टेन्डर गर्ने कि पुरानै कम्पनीलाई कारबाही गरेर अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: