महोत्तरी । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ९ अर्ब ९७ करोड रुपियाँ खर्च गरेकामा आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएयता १८ दिनमै थप ३ अर्ब ३२ करोड रुपियाँ खर्च गरेको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असार १८ गतेसम्म प्रदेश सरकारले कुल १३ अर्ब २९ करोड ६६ लाख ६८ हजार १६४ रुपैयाँ खर्च गरेको छ, जुन कुल विनियोजित बजेटको २८.३० प्रतिशत हो। जेठ मसान्तसम्म खर्च २१.२४ प्रतिशत अर्थात् करिब ९ अर्ब ९७ करोड रुपैयाँमा सीमित रहेकामा त्यसयता १८ दिनमै थप ७.०६ प्रतिशत अर्थात् करिब ३ अर्ब ३२ करोड रुपियाँ निकासा भएको तथ्याङ्कले देखाएको छ।
आर्थिक वर्षको अन्तिममा हुने ‘असारे खर्च’ पुन: दोहोरिएसँगै बजेट कार्यान्वयन, सरकारी संयन्त्रको कार्यक्षमता तथा खर्चको गुणस्तरबारे प्रश्न उठ्न थालेको छ।
कार्यालयका सूचना अधिकारी निरेन्द्रलाल कर्णका अनुसार हालसम्म चालुतर्फ ६ अर्ब ७२ करोड ८८ लाख तीन हजार ९९९ रुपियाँ अर्थात् ४३.०२ प्रतिशत तथा पुँजीगततर्फ ६ अर्ब ५६ करोड ७८ लाख ६४ हजार १६५ रुपियाँ अर्थात् २०.९६ प्रतिशत बजेट खर्च भएको छ।
जेठ मसान्तसम्म चालुतर्फ ३६.२२ प्रतिशत र पुँजीगततर्फ १३।७६ प्रतिशत मात्रै खर्च भएको थियो। असार लागेपछि दुवै शीर्षकमा खर्चको गति उल्लेख्य रूपमा बढेको देखिएको छ।
तथ्याङ्कअनुसार वर्षभर योजना कार्यान्वयनमा सुस्त देखिएको प्रदेश सरकार अन्तिम महिनामा ठूलो रकम भुक्तानी गर्न केन्द्रित भएको देखिन्छ। सार्वजनिक वित्त व्यवस्थापनका जानकारहरूले यस्तो प्रवृत्तिले खर्चको गुणस्तर, पारदर्शिता र प्रभावकारितामा असर पार्ने तथा हतारमा गरिने भुक्तानीले विकास आयोजनाको गुणस्तरसमेत प्रभावित हुन सक्ने भन्दै सुधारको आवश्यकता औँल्याउँदै आएका छन्।
मन्त्रालयगत खर्चतर्फ अर्थ मन्त्रालयले सबैभन्दा बढी ५३.७१ प्रतिशत बजेट खर्च गरेको छ। सबैभन्दा कम खर्च गर्ने मन्त्रालय खेलकुद तथा समाज कल्याण मन्त्रालय रहेको छ, जसले हालसम्म ९.९३ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ।
त्यस्तै वन तथा वातावरण मन्त्रालयले ४६.३८ प्रतिशत, श्रम तथा यातायात मन्त्रालयले ३८.९७ प्रतिशत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३६.२९ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३१.२१ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले २८.७९ प्रतिशत, गृह, सञ्चार तथा कानुन मन्त्रालयले २८.५६ प्रतिशत तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २८.३६ प्रतिशत बजेट खर्च गरेका छन्।
यस्तै शिक्षा तथा संस्कृति मन्त्रालयको खर्च २६.४७ प्रतिशत, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको १९.६० प्रतिशत तथा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको ११.०२ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
सूचना अधिकारी कर्णका अनुसार प्रदेश सरकारका विभिन्न योजना तथा कार्यक्रमको भुक्तानी असार २५ गतेसम्म हुने भएकाले आगामी केही दिनमा खर्चको प्रतिशत अझै बढ्ने सम्भावना रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १८:०९
काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...
आषाढ़ ३१ गते, २०८३ - १७:१४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...
आषाढ़ ३१ गते, २०८३ - १६:५१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...
आषाढ़ ३१ गते, २०८३ - १६:३०
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...
आषाढ़ ३१ गते, २०८३ - १६:२३
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...
आषाढ़ ३१ गते, २०८३ - १६:१५
काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए। त्यसअघि बैठ...
आषाढ़ ३१ गते, २०८३ - १६:०८
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...
आषाढ़ ३१ गते, २०८३ - १६:०१
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...



प्रतिकृया लेख्नुहोस्: