Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

विवाहित पुरुषको अदृश्य हार !

खबरडबली संवाददाता

संसारसँग विवाहित पुरुषले कति पनि लड्न सक्छ । अभावसँग, समाजसँग, प्रतिस्पर्धा र परिस्थितिसँग उसले सामना गर्न सक्छ। बाहिर ऊ विजयी देखिन्छ: जिम्मेवारी पूरा गर्ने, संघर्ष जित्ने, परिवारका लागि अडान दिने। तर यथार्थ के छ भने, उसको सबैभन्दा ठूलो हार कहिल्यै सडकमा वा कार्यालयमा देखिँदैन, त्यो त घरभित्रै लुकेको हुन्छ।

पहिलो घाउ : घरको शान्ति हराउँदा
घर भन्नाले शान्तिको आँगन, ममताको आश्रय र थकाइ मेट्ने ठाउँ सम्झिन्छौं। तर जब घरमा निरन्तरको झगडा बस्छ, जब बोली विषालु बन्छ, जब आपसी समझदारी हराउँछ, त्यही घर पुरुषलाई सबैभन्दा कठोर कारागारझैं लाग्न थाल्छ। ऊ घर फर्कन्छ, तर शान्ति होइन, अझ बढी पीडा बोकेर।

दोस्रो घाव : जीवनसाथीको व्यवहारमा कठोरता
श्रीमतीको सानो माया, विश्वास र सम्मान पुरुषका लागि सबैभन्दा ठूलो शक्ति हो। उसले बाहिर संसारसँग हार्छ भने पनि घरमा जितेको महसुस गर्न सक्छ। तर यदि जीवनसाथीको शब्द तीतो भयो, व्यवहार कठोर भयो भने, बाहिरका जितहरू पनि भित्री पराजयमा बदलिन्छन्। किनभने पुरुषको वास्तविक बल भनेकै घरको साथ हो, र वास्तविक कमजोरी भनेकै त्यसैको कमी हो।

पुरुषको मौन पीडा
पुरुषहरू प्रायः आफ्नो पीडा बोल्दैनन्। उनीहरू हाँस्छन्, रमाउँछन्, जिम्मेवारी पूरा गर्छन्, तर भित्रभित्रै निरन्तर रोइरहेका हुन्छन्। संसारलाई देखाउन सक्दैनन् कि उनीहरूको हृदयलाई आफ्नै घरभित्रै असमझदारीले कति चोट पुर्याइरहेको छ।

घरलाई स्वर्ग बनाउन सक्ने शक्ति स्त्रीसँग छ। तर त्यही शक्ति पुरुषसँग पनि हुन्छ। आपसी समझदारी, माया र सहानुभूतिले मात्र घरलाई शान्तिको मन्दिर बनाउन सकिन्छ। आखिर, विवाहित पुरुषलाई संसारले होइन, प्रायः आफ्नै घरले जिताउने वा हाराउने गर्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending