संसारसँग विवाहित पुरुषले कति पनि लड्न सक्छ । अभावसँग, समाजसँग, प्रतिस्पर्धा र परिस्थितिसँग उसले सामना गर्न सक्छ। बाहिर ऊ विजयी देखिन्छ: जिम्मेवारी पूरा गर्ने, संघर्ष जित्ने, परिवारका लागि अडान दिने। तर यथार्थ के छ भने, उसको सबैभन्दा ठूलो हार कहिल्यै सडकमा वा कार्यालयमा देखिँदैन, त्यो त घरभित्रै लुकेको हुन्छ।
पहिलो घाउ : घरको शान्ति हराउँदा
घर भन्नाले शान्तिको आँगन, ममताको आश्रय र थकाइ मेट्ने ठाउँ सम्झिन्छौं। तर जब घरमा निरन्तरको झगडा बस्छ, जब बोली विषालु बन्छ, जब आपसी समझदारी हराउँछ, त्यही घर पुरुषलाई सबैभन्दा कठोर कारागारझैं लाग्न थाल्छ। ऊ घर फर्कन्छ, तर शान्ति होइन, अझ बढी पीडा बोकेर।
दोस्रो घाव : जीवनसाथीको व्यवहारमा कठोरता
श्रीमतीको सानो माया, विश्वास र सम्मान पुरुषका लागि सबैभन्दा ठूलो शक्ति हो। उसले बाहिर संसारसँग हार्छ भने पनि घरमा जितेको महसुस गर्न सक्छ। तर यदि जीवनसाथीको शब्द तीतो भयो, व्यवहार कठोर भयो भने, बाहिरका जितहरू पनि भित्री पराजयमा बदलिन्छन्। किनभने पुरुषको वास्तविक बल भनेकै घरको साथ हो, र वास्तविक कमजोरी भनेकै त्यसैको कमी हो।
पुरुषको मौन पीडा
पुरुषहरू प्रायः आफ्नो पीडा बोल्दैनन्। उनीहरू हाँस्छन्, रमाउँछन्, जिम्मेवारी पूरा गर्छन्, तर भित्रभित्रै निरन्तर रोइरहेका हुन्छन्। संसारलाई देखाउन सक्दैनन् कि उनीहरूको हृदयलाई आफ्नै घरभित्रै असमझदारीले कति चोट पुर्याइरहेको छ।
घरलाई स्वर्ग बनाउन सक्ने शक्ति स्त्रीसँग छ। तर त्यही शक्ति पुरुषसँग पनि हुन्छ। आपसी समझदारी, माया र सहानुभूतिले मात्र घरलाई शान्तिको मन्दिर बनाउन सकिन्छ। आखिर, विवाहित पुरुषलाई संसारले होइन, प्रायः आफ्नै घरले जिताउने वा हाराउने गर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: