Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

उपसभामुख प्रकरणः कांग्रेसभित्रको गुटबन्दी र राजनीतिक असर

उपसभामुख विवाद कि गुटगत शक्ति प्रदर्शन ?

मनोज भट्टराई

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्ने सत्ता गठबन्धनको तयारीले अहिले नेपाली राजनीति तातेको छ । सतहमा यो एउटा ‘पदीय आचरण’को प्रश्न मात्र देखिए पनि वास्तवमा यसले नेपाली कांग्रेसभित्रको गुटबन्दी, नेतृत्वशैली र भविष्यको सत्ता समीकरणबारे गम्भीर प्रश्न खडा गरेको छ ।

तर, यो घटनाले प्रत्यक्ष रूपमा कांग्रेसभित्रको आन्तरिक एकतामा भने असर पारेको छ  । सभापति शेरबहादुर देउवाले सांसदहरूको हस्ताक्षर संकलन गरेर प्रक्रिया अघि बढाए पनि पार्टीकै प्रभावशाली नेताहरू खुलेरै असन्तुिष्ट दािएका छन् । मंगलबार बिहान बूढानीलकण्ठस्थित निवासमा बसेको बैठकमा सभापति देउवाले संसदीय दललाई हस्ताक्षर संकलनको निर्देशन दिएका थिए । त्यसपछि संसद भवनमा सांसदहरूको हस्ताक्षर सुरु भयो ।

एमालेसँगको सहकार्यमार्फत दुई तिहाइ मत जुटाएर उपसभामुख राना मगरलाई हटाउने तयारी रहेको भएपनि सोही बेला कांग्रेसकै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, साथै वरिष्ठ नेता डा. शेखर कोइरालाले यस कदमप्रति असहमति जनाएका थिए । डा. कोइरालाले त आफ्ना निकट सांसदलाई हस्ताक्षर नगर्न नै निर्देशन दिएका थिए । उनको भनाइमा, उपसभामुखलाई हटाउने प्रस्ताव ‘बेमौसमी बाजा’ हो । रानाले अमेरिकाबाट फोन गरेर सहयोग माग्दा समेत कोइरालाले आफू विरोधमै रहेको बताएका थिए ।

उपसभामुख रानाले अमेरिकी दूतावासलाई पत्र लेख्नु गम्भीर गल्ती थियो भन्नेमा धेरै नेताहरू सहमत छन् । तर सो कार्यकै आधारमा पदमुक्त गर्ने प्रक्रिया सुरु गर्नु उचित छ कि छैन भन्ने प्रश्नमा दलभित्रै फरक मत देखिएको हो । कांग्रेसमा एक पक्ष ‘राजनीतिक जिम्मेवारी लिने बेला आएको छ’ भन्छ भने अर्को पक्ष ‘गल्ती गम्भीर भए पनि तत्काल हटाउने कदमले कांग्रेसलाई विभाजित देखाउँछ ।’ 

महामन्त्री विश्वप्रकाश शर्माले रुपन्देहीको भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘उपसभामुखको गल्ती गम्भीर छ, तर तत्काल पदमुक्त गर्ने कुरा अनुपयुक्त हुन्छ ।’ यसैगरी महामन्त्री गगन थापाले पनि काठमाडौंमा आयोजित कार्यक्रममा चेतावनीसहित ‘संख्या भएको भरमा जे पनि निर्णय गर्न पाइँदैन । निर्णय वैधानिक हुन्छ तर जनताले स्वीकार नगरे वैध हुँदैन’, भने । यी भनाइहरूले प्रष्ट देखाउँछ—उपसभामुख प्रकरण कांग्रेसभित्र ‘संख्याको राजनीति’ र ‘राजनीतिक आचरण’ बीचको बहसमा रूपान्तरित भएको छ ।

देउवा इतर समूह

सभापति शेरबहादुर देउवा र उनका निकटस्थ नेताहरू एमालेसँग सहकार्य गर्दै उपसभामुखलाई हटाउने पक्षमा खुलेका छन् । तर पार्टीभित्रको इतर समूह—डा. शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरू भने यो निर्णयलाई असमयिक र ‘बेमौसमी बाजा’ ठहराइरहेका छन्। यसले फेरि प्रष्ट देखायो कि कांग्रेसभित्र दुई ठूला धार अझै ज्यूँदै छन् ।

देउवा–स्थायी संरचना पक्षः जसले सरकार सञ्चालनलाई प्राथमिकता दिन्छ र ओलीसँगको सहकार्यलाई व्यावहारिक देख्छ।
परिवर्तन–सुधार पक्षः  जसले लोकतान्त्रिक मूल्य, पारदर्शिता र आन्तरिक लोकतन्त्रलाई जोड दिन्छ ।

गुटबन्दी अझ बलियो हुने संकेत

उपसभामुख प्रकरणले यी दुई धारबीचको दूरी झन् बढाउने संकेत दिएको छ । 
शेखर कोइराला समूहः पार्टी निर्णय प्रक्रियामा आफ्नो विचार बेवास्ता गरिएको भन्दै अझ संगठित हुन सक्छ।
गगन–विश्वप्रकाश लाइनः युवा पुस्ता नेतृत्वमा सशक्त विकल्पका रूपमा उदाउने सम्भावना बढ्छ।
देउवा पक्षः सरकार सञ्चालन र स्थायित्वलाई देखाउँदै सत्ता टिकाउने रणनीतिमा केन्द्रित हुन्छ ।
कांग्रेसमा यो विवाद लम्बिँदै गए पार्टीभित्र औपचारिक ‘लाइन डिभिजन’ झन् स्पष्ट हुने सम्भावना बढ्दै गएको छ ।

सत्ता समीकरणमा असर

सत्तारूढ गठबन्धनको शक्तिशाली नेतृत्व एमाले र कांग्रेसको हातमा छ । उपसभामुख प्रकरणमा आन्तरिक असहमति बढ्दै गए कांग्रेसभित्रै दुई धार बनेर देखिने हो भने देउवा–ओली सहकार्य टुट्ने सम्भावना तुरुन्तै कम देखिए पनि असहज स्थिति बढ्नेछ ।

कांग्रेसभित्र असन्तुष्ट समूहले अर्को गठबन्धन वा आन्तरिक चुनौतीका लागि आधार तयार गर्न सक्छ । आगामी निर्वाचनमा कांग्रेसभित्र गुटगत प्रतिद्वन्द्विता अझ प्रस्ट हुने र उम्मेदवारी छनोटदेखि नीति–रणनीतिमा टकराव बढ्ने अनुमान गर्न सकिन्छ ।

कांग्रेसभित्रैको असहमति बाहिरिएपछि सत्ता साझेदार एमाले र कांग्रेसको योजना सहज हुने देखिँदैन । दुई तिहाइको बहुमत जुटाएर उपसभामुखलाई पदमुक्त गर्ने योजना तत्कालै अघि बढाउने सोचमा रहेका देउवा र प्रधानमन्त्री केपी शर्मा ओली दुवै अहिले असहज अवस्थामा परेका छन् ।

स्रोतका अनुसार, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत डा. कोइरालासँग फोन गरेर यसबारे चासो राखेका थिए । यसले यो विषय सत्ता र विपक्षी दुवै पक्षलाई संवेदनशील बनेको देखाउँछ ।

सम्भावित राजनीतिक असरहरू

आन्तरिक लोकतन्त्रको प्रश्न: बहुमत भएको भरमा निर्णय गर्ने शैलीलाई चुनौती दिइएको छ । यसले पार्टीभित्र आन्तरिक लोकतन्त्रबारे बहस तीव्र पार्छ । 

नेतृत्व परिवर्तनको मागः गगन–विश्वप्रकाश पुस्ताले ‘हामी विकल्प हौं’ भन्ने सन्देश बलियोसँग दिन पाउनेछन् ।

गठबन्धनमा दबाबः कांग्रेसभित्र एकमत नभएको सन्देश जाँदा एमालेसँगको सहकार्य टाढासम्म सहज नहुने ।

जनमतमा असरः कांग्रेसले संख्या देखाएर निर्णय गर्योा भन्ने धारणा बन्यो भने जनतामा ‘शक्ति–केन्द्रित पार्टी’ भन्ने आलोचना बढ्न सक्छ ।

उपसभामुख राना मगरको पदमुक्तिको बहस कानुनी र पदीय आचरणको सवाल जस्तो देखिए पनि, यसको मूल लहर कांग्रेसभित्रको गुटबन्दी र भविष्यको राजनीतिक दिशातिर केन्द्रित भएको छ।

यदि देउवा नेतृत्वले आफ्नो शैलीमा मात्र निर्णय गर्ने हो भने, इतर समूह झन् संगठित हुँदै पार्टीभित्र ठूलो खाडल पैदा हुन सक्छ । त्यसैले यो प्रकरणले कांग्रेसलाई तत्काल सत्ता समीकरणमा मात्रै होइन, आगामी निर्वाचन र नेतृत्वको भविष्यमा समेत निर्णायक असर पार्ने संकेत दिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending