Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

स्पेनको उत्तरपश्चिम डढेलोका कारण तीनकाे मृत्यु

खबरडबली संवाददाता

म्याड्रिड । स्पेनको उत्तरपश्चिम लियोन क्षेत्रमा लागेको डढेलोमा परी थप एक जनाको मृत्यु भएको अधिकारीहरुले बिहीबार बताएका छन् ।

कास्टिले र लियोनका प्रिफेक्ट निकानोर सेन भेलेजले एक्समा लेखेका छन्, “ लियोन प्रान्तको भाल्डेरिया क्षेत्रमा डढेलो निभाउने क्रममा थप एक व्यक्तिको मृत्यु भएको र यो डढेलोका कारण अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । सरकार मृतकप्रति शोक व्यक्त गर्दछ ।”

स्पेनका आन्तरिक मामिला मन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले घटनाको पुष्टि गर्दै मृतकका परिवार, सहकर्मी र समुदायप्रति समवेदना व्यक्त गरेका छन् । गृहमन्त्रीले डढेलो नियन्त्रणका लागि सहयोगका लागि युरोपेली सङ्घसँग अपिल गरेको केही समयपछि थप एक जनाको मृत्यु भएको हो ।

क्षेत्रीय अधिकारीहरूले २६ इलाकाका करिब छ हजार मानिसहरूलाई उनीहरूको घरबाट बाहिर निकालिएको बताएपछि सरकारले विशेष गरी दुई वटा पानी छर्किने विमानहरूको लागि इयूसँग सहयोग मागेको थियो। यसअघि, म्याड्रिडबाट करिब २५ किलोमिटर टाढा डढेलोमा परी एक व्यक्तिको मृत्यु भएको थियो । त्यही साँझ लियोन क्षेत्रमा आगलागीसँग लड्दै गर्दा अर्को ३५ वर्षीय एक स्वयंसेवकको मृत्यु भएको थियो ।

धेरै युरोपेली देशहरूजस्तै स्पेनले पनि यस हप्ता अत्यधिक तापमानको सामना गरिरहेको छ । तापमानमा आएको वृद्धिका कारण डढेलाको जोखिम बढेको छ । वैज्ञानिकहरूले डढेलो र तापक्रम वृद्धिको कारक मानव प्रेरित जलवायु परिवर्तन तीव्र हुनुलाई जिम्मेवारे बताएका छन् ।

स्पेनमा यस वर्ष १९९ वटा डढेलोका कारण करिब ९८ हजार ७८४ हेक्टर (दुई लाख ४४ हजार १०० एकड) जमिन जलेको छ, जुन सन् २०२४ को सोही अवधिमा जलेकोभन्दा दोब्बरभन्दा बढी हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending