Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

कक्षा १२ को नतिजा चित्त बुझेन ? रिटोटलिङका लागि यस्तो छ अनलाइन आवेदन प्रक्रिया

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले कक्षा १२ को नतिजामा चित्त नबुझेका विद्यार्थीहरूका लागि रिटोटलिङ (पुनर्योग) आवेदन खुला गरेको छ। बोर्डले शुक्रबार सूचना जारी गर्दै नतिजा पुनर्योग गराउन चाहने विद्यार्थीलाई अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको हो।

बोर्डका अनुसार विद्यार्थीहरूले ६ असार बिहान ११ बजेदेखि १२ असार साँझ ५ बजेसम्म रिटोटलिङका लागि आवेदन दिन सक्नेछन्। गत १४ देखि २७ वैशाखसम्म सञ्चालन भएको कक्षा १२ परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरिएको थियो।

यस वर्ष नियमित र आंशिकतर्फ गरी कुल ६४.१३ प्रतिशत अर्थात् २ लाख ६८ हजार १९० विद्यार्थी उत्तीर्ण भएका छन्। प्राप्त नतिजामा चित्त नबुझेका विद्यार्थीहरूले आफूले चाहेको विषयमा पुनर्योगका लागि निवेदन दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

रिटोटलिङका लागि कसरी आवेदन दिने ?

१. सबैभन्दा पहिले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट मा जानुहोस्।

२. वेबसाइटमा रहेको ‘Online Payment (Retotaling)’ विकल्पमा क्लिक गर्नुहोस् वा विद्यार्थी पोर्टल मा सिधै प्रवेश गर्नुहोस्।

३. आफ्नो सिम्बोल नम्बरजन्ममिति प्रविष्ट गरेर विवरण खोज्नुहोस्।

४. स्क्रिनमा देखिएका विषयहरूमध्ये पुनर्योग गराउन चाहेको विषय छानेर टिक चिन्ह लगाउनुहोस्।

५. त्यसपछि ई–सेवा, खल्ती वा अन्य उपलब्ध डिजिटल भुक्तानी माध्यमबाट शुल्क तिर्नुहोस्।

६. रिटोटलिङका लागि प्रति विषय १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

७. भुक्तानी सफल भएपछि प्राप्त हुने कन्फर्मेसन नम्बर वा सन्देश सुरक्षित राख्नुहोस्।

बोर्डका अनुसार रिटोटलिङपछि प्राप्त नतिजा पनि राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट मार्फत सार्वजनिक गरिनेछ।

विद्यार्थीहरूले तोकिएको समयभित्र मात्र आवेदन दिन सक्ने भएकाले अन्तिम समय कुर्नुभन्दा छिट्टै प्रक्रिया पूरा गर्न बोर्डले आग्रह गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी चुनावमा नेकपा पुनः शक्तिशाली बन्छ : वर्षमान पुन

काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...

जापानको उत्कृष्ट प्रदर्शन, दुई गोलको अग्रता कायम

काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...

बाजुरामा एकाबिहानै बस दुर्घटना, २४ जना घाइते

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...

जलवायु संकटको अग्रपंक्तिमा नेपाल, हिमनदी पग्लिँदा बढ्दै बाढी–खडेरीको जोखिम

काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...

प्रधानमन्त्री बालेन चितवन जाँदै, पार्टी महाधिवशेनमा सम्बोधन गर्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...

रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...

कोशी प्रदेशका पहाडी तथा तराई भूभाग केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ। देशका हिमाली र पहाडी भ...

लेबनान तनाव चर्किएपछि इरानद्वारा होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा

तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...

पाल्पामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...

वर्षासँगै तराईमा घट्यो गर्मी, केही जिल्लामा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending