Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

नेपाली युवा आदित्य सुवेदीको एआई कम्पनीलाई साढे तीन अर्बभन्दा बढी लगानी

खबरडबली संवाददाता

काठमाडौं । नेपाली युवा प्रविधि उद्यमी आदित्य सुवेदी सह–संस्थापक रहेको अमेरिकी एआई तथा चिप डिजाइन कम्पनी Architect Labs ले २ करोड ४० लाख अमेरिकी डलर (करिब ३ अर्ब ६२ करोड रुपैयाँ) लगानी जुटाउन सफल भएको छ।

समाचार एजेन्सी Reuters का अनुसार १९ वर्षीय सुवेदी र क्यानडाली उद्यमी इब्राहिम हुसेन ले स्थापना गरेको कम्पनीले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर कस्टम चिप डिजाइन प्रक्रियालाई छिटो, सस्तो र सहज बनाउने लक्ष्य लिएको छ।

कम्पनीले विकास गरिरहेको प्रविधिले BroadcomMarvell Technology जस्ता चिप डिजाइन कम्पनीहरूलाई एआई तथा क्लाउड कम्प्युटिङका लागि आवश्यक कस्टम चिप विकासमा सहयोग गर्ने अपेक्षा गरिएको छ। यस्ता चिपहरू Amazon Web Services (AWS)Google Cloud जस्ता ठूला क्लाउड सेवा प्रदायकहरूले प्रयोग गर्ने गरेका छन्।

काठमाडौंको काँडाघारीमा हुर्किएका सुवेदीले अक्षरा स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेपछि आइबी युलेन्सबाट कक्षा १२ उत्तीर्ण गरेका थिए। त्यसपछि उनी Harvard University मा अध्ययनका लागि पुगेका थिए। हार्वर्डमा एआईमार्फत कोड भेरिफिकेसनसम्बन्धी अनुसन्धान गरिरहेका बेला उनको भेट इब्राहिम हुसेन सँग भएको थियो।

हुसेनले भने किशोर अवस्थामै विद्यालय छाडेर उच्च शिक्षा सुरु गरेका थिए र पछि Apple तथा Tesla मा कस्टम चिप विकाससम्बन्धी काम गरेका थिए। दुवैले एआई र हार्डवेयरबीचको बढ्दो अन्तर देखेपछि अध्ययनलाई बीचमै रोक्दै नयाँ कम्पनी स्थापना गर्ने निर्णय गरेका थिए।

हाल Architect Labs को मुख्यालय Palo Alto मा रहेको छ। कम्पनीमा मेसिन लर्निङ र हार्डवेयर क्षेत्रमा कार्यरत करिब १८ विशेषज्ञ कर्मचारी छन्।

सुवेदीका अनुसार आज चिप डिजाइन प्रक्रिया अत्यन्त जटिल, महँगो र समयखर्ची छ। एउटा उन्नत चिप डिजाइन गर्न दुई वर्षसम्म समय लाग्न सक्छ भने अनुसन्धान र विकासमा करोडौं डलर खर्च हुने गर्छ। कम्पनीले यही प्रक्रियालाई एआईमार्फत सरल बनाउने लक्ष्य राखेको छ।

कम्पनीको लगानी चरणको नेतृत्व Kindred Ventures ले गरेको थियो। यसमा Race Capital, TQ VenturesTogether Fund लगायतका लगानीकर्ताको सहभागिता रहेको छ। साथै Google DeepMind का प्रमुख वैज्ञानिक Jeff Dean तथा OpenAINVIDIA का केही वरिष्ठ अधिकारीहरूले समेत कम्पनीमा लगानी गरेका छन्।

विश्वव्यापी एआई प्रतिस्पर्धा तीव्र भइरहेका बेला नेपाली युवाको सह–स्थापनामा रहेको कम्पनीले अरबौं डलरको चिप उद्योगमा प्रवेश गर्दै ठूलो लगानी आकर्षित गर्नु नेपाली प्रविधि क्षेत्रका लागि उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...

सडक पार गर्ने क्रममा पिकअपको ठक्कर, झापामा ७० वर्षीय वृद्धको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...

काठमाडौं उपत्यकासहित २५ भन्दा बढी जिल्लामा बाढीको जोखिम, साना नदी किनारमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...

देशभर बाढी–पहिरोको असर : मुख्य राजमार्गहरू अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...

कोशीमा हिक्मत कार्कीमाथि दबाब बढ्दै, मुख्यमन्त्री र दलको नेताबाट हटाउने तयारी

विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...

उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा, अवैध कारोबार र कर छलीको आशंकामा अनुसन्धान

विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...

रोल्पा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...

आन्दोलन घोषणा गरेको केही घण्टामै पक्राउ परे दुर्गा प्रसाईं, सार्वजनिक शान्ति भंगको आरोप

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...

आन्दोलनको घोषणा लगत्तै दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending