सियोल । दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम किओन हीलाई पूँजी बजार प्रभावित गर्ने र भ्रष्टाचारलगायत विभिन्न अभियोगमा मङ्गलबार राति पक्राउ गरिएको छ ।
सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले ५२ वर्षीय किमविरुद्ध पक्राउ पुर्जी जारी गर्न अभियोजकहरूको अनुरोधको पुनरावलोकन गरेको केही घण्टापछि उनलाई पक्राउ गरिएको हो ।अभियोजकहरूले किमको कथित ‘गैरकानुनी कार्य’ बारे ८४८ पृष्ठलामो राय पेश गरेपछि प्रमाण नस्ट गर्न सक्ने खतरा रहेको भन्दै पक्राउ पूर्जी जारी गरिएको हो ।
उनको पक्राउसँगै दक्षिण कोरियाको इतिहासमा पहिलो पटक एक पूर्व राष्ट्रपति र प्रथम महिला जेलमा परे छन् ।
किममाथि लगाइएको अभियोगमा पूँजी बजार र वित्तीय लगानीसम्बन्धी कानूनका साथै राजनीतिक कोषसम्बन्धी कानुनको उल्लङ्घन गरेको पनि उल्लेख छ ।
गत डिसेम्बर ३ मा पूर्व राष्ट्रपति युन सुक योलले संसद्मा सैनिक तैनाथ गरी संसदीय प्रक्रिया अवरूद्ध पार्न खोजेको तर विपक्षी सांसदहरूले सुरक्षाकर्मीको हस्तक्षेपका बाबजुद् संसद्मा प्रवेश गरी उनको गैर–कानुनी कदमविरूद्ध मतदान गरेका थिए । उहाँविरूद्ध पछि महाभियोगको प्रस्ताव दर्ता गरिएको थियो भने महाभियोगको प्रस्ताव दुई तिहाई मतले पारित भएपछि उनलाई पक्रउ गरिएको थियो ।
पूर्व राष्ट्रपति योलले आश्चर्यजनक सैनिक शासन घोषणा गरेपछि भएको यो गिरफ्तारी दक्षिण कोरियाको इतिहासमा नै पूर्वराष्ट्रपति र पूर्वप्रथम महिला दुबैजना बन्दी बनेको पहिलो घटना हो । पूर्वउच्च अभियोजकसमेत रहेका पूर्वराष्ट्रपति यूनलाई गत अप्रिलमा महाभियोग लगाइएको थियो र मार्शल ल को घोषणाको कारण पदबाट हटाइएको थियो। उनको पक्राउपछि रिक्त रहेको राष्ट्रपति पदका लागि जूनमा मध्यावधि चुनाव भएकोे थियो।
पूर्वराष्ट्रपति यून जुलाई १० देखि पक्राउ परेका छन् र अहिले हिरासतमा छन् । बुधबार सरकारी वकिलको कार्यालय पुगेकी किमले भनिन्, “कुनै महत्वको व्यक्ति नभए पनि राष्ट्रको लागि समस्या सिर्जना गरेको भए म क्षमा याचना गर्दछु ।” पूँजी बजार हेरफेरमा भूमिका खेलेको विवादले लामो समयदेखि किमलाई घेरेको छ ।
सन् २०२२ मा एक जना बामपन्थी पास्टरले उहाँलाई दिएको डायर ह्यान्डब्याग उपहारसहितको भिडियो खिचेपछि सार्वजनिक आलोचना सुरु भएको थियो । उनीमाथि युनको पार्टीमा सांसदहरूको मनोनयन प्रक्रियामा हस्तक्षेप गरेको आरोप पनि लगाइएको छ, जुन निर्वाचन कानूनको उल्लङ्घन हो।
राष्ट्रपतिका रूपमा युनले विपक्षी नियन्त्रित संसदले पारित गरेका तीन वटा विशेष अनुसन्धान विधेयकमा भिटो लगाएको थियो । जसमा किममाथि लागेको आरोपको छानबिन गर्न खोजिएको थियो। त्यसको एक हप्तापछि युनले असफल सैनिक शासनको घोषणा गरेको थियो ।
जेलको नियमअनुसार किमले आफ्नो सामान्य लुगाबाट जेलको खाकीको कपडा लगाउनुपर्नेछ भने कैदीको नम्बर पनि तोक्नु पर्नेछ । दक्षिण कोरियामा गर्मीको लहर चलिरहँदा पूर्व प्रथम महिलालाई १० वर्ग मिटर (१०७ वर्ग फिट) को एकान्त कक्षमा राखिएको छ, जसमा पङ्खा छ तर वातानुकूलन छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: