Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

कोशीका मन्त्री पराजुलीको निवासमा प्रहरीको छापा, यस्तो छ कारण

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित क्वाटरमा बिहीबार राति प्रहरीले प्रवेश गरेको विषयमा विवाद उत्पन्न भएको छ।

विराटनगर–३, ल क्याम्पस नजिकै रहेको मन्त्रीको निवासमा राति करिब ११ बजे प्रहरी टोली पुगेको थियो। मन्त्रीको सचिवालयका अनुसार प्रहरीले पर्खाल नाघेर जबर्जस्ती प्रवेश गरेको हो। घटनाको समयमा मन्त्री भने निवासमा उपस्थित थिएनन्।

यता मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले भने प्रहरीको उद्देश्य मन्त्रीको निवासलाई लक्षित गर्नु नभई कर्तव्य ज्यान ९हत्यासम्बन्धी० मुद्दाका एक फरार अभियुक्तको खोजी गर्नु रहेको स्पष्ट पारेका छन्।

उनका अनुसार सो अभियुक्त पहिले उक्त घरमा कोठा भाडामा लिएर बस्ने गरेको सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा प्रहरी टोली रेकी तथा खोजीका लागि पुगेको थियो।

‘उक्त व्यक्तिको पछिल्लो लोकेसन सोही क्षेत्रतिर हुन सक्ने आशंकामा टोली परिचालन गरिएको हो,’ सीडीओ कटेलले भने, ‘तर प्रहरीलाई त्यो घर मन्त्रीको क्वाटर हो भन्ने स्पष्ट जानकारी थिएन।’

उनले प्रहरी कुनै पनि प्रकारको मन्त्री लक्षित कारबाहीका लागि त्यहाँ नपुगेको पनि दाबी गरे।

‘टोली फरार अभियुक्तको खोजीमा मात्र गएको हो, मन्त्रीको निवास भनेर जानाजान प्रवेश गरिएको होइन,’ उनले थपे।

सीडीओ कटेलका अनुसार ती अभियुक्त केही समयअघि चितवनबाट भागेर आएको सूचना थियो। तर प्रहरी पुग्नुअघि नै उनी त्यहाँबाट अन्यत्र सरेको पाइएको छ।

अर्कोतर्फ, मन्त्रीको सचिवालयले भने प्रहरीलाई घर मन्त्रीको निवास हो भन्ने जानकारी हुँदा हुँदै पनि जबर्जस्ती प्रवेश गरिएको दाबी गरेको छ।

घटनाबारे दुवै पक्षका फरक–फरक दाबी सार्वजनिक भइरहेका छन् भने वास्तविकता के हो भन्ने विषयमा थप स्पष्टता आउन बाँकी छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक थियो: कानुनमन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादे...

नेपाल वैदेशिक ऋण लिनुपर्ने बाध्यात्मक अवस्थामा छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएको छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले ‘राष्ट्र ऋण...

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ स्वीकृत

काठमाडौं । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। संसद् अधिवेशन नरहेका बेला सरकारले ल्याएको उक्त अध्यादेश पछिल्ल...

संविधान संशोधन कार्यदलको म्याद थप, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गरिने

काठमाडौँ। सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मक...

आफूलाई 'प्रगतिशील' नारा दिने सांसदहरूको अभिव्यक्तिमा नै विरोधाभास देखियो : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा आर्थिक विधेयकसम्बन्धी छलफलका क्रममा सांसदहरूले प्रस्तुत गर्ने धारणा विरोधाभासपूर्ण भएको टि...

कोशीका मन्त्री पराजुलीको निवासमा प्रहरीको छापा, यस्तो छ कारण

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित क्वाटरमा बिहीबार राति प्रहरीले प्रवेश गरेको विषयमा विवाद उ...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री डा स्...

जनमत प्राप्त सरकारले करको विवेकपूर्ण उपयोग गर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले कर राजस्वको विवेकपूर्ण तथा आवश्यकताअनुसार उपयोग गर्ने बताएका छन्। शुक्रबार प्रतिन...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ। एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको ...

सरकारका राम्रा काममा साथ, बेथितिविरुद्ध सधैँ आवाज उठाउँछौँ- ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारका सकारात्मक काममा आफ्नो पार्टीको समर्थन रहने तर जनविरोधी र बेथितिपूर्ण कामको निरन्तर विरो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending