काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले कर राजस्वको विवेकपूर्ण तथा आवश्यकताअनुसार उपयोग गर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले विभिन्न स्रोतबाट संकलन गरेको करलाई राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा खर्च गर्ने नीति लिएको स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेले कुनै विशेष उद्देश्यका लागि उठाइएको कर सोही प्रयोजनका लागि मात्र खर्च गर्न सकिने व्यवस्था (इयरमार्किङ) गर्न सकिए पनि त्यसले प्रशासनिक तथा कानुनी जटिलता निम्त्याउन सक्ने बताए।
उनले भने, “सयौँ र हजारौँ स्रोतबाट कर संकलन गर्न सकिन्छ। उठाइएको कर निश्चित प्रयोजनका लागि मात्र उपयोग गर्न सकिने व्यवस्था गर्न सकिए पनि त्यससँगै प्रशासनिक र कानुनी जटिलता पनि आउँछन्। विभिन्न स्रोतबाट उठेको कर अन्तत: एउटै सञ्चित कोषमा जम्मा हुन्छ र जनमत प्राप्त सरकारले त्यसको विवेकपूर्ण उपयोग गर्छ।”
उनले पूर्वाधारका लागि उठाइएको करबाट बुढीगण्डकी आयोजनाको क्षतिपूर्ति वितरण गरिएको उदाहरण प्रस्तुत गर्दै त्यसका लागि छुट्टै कोष निर्माण गरिरहन आवश्यक नपर्ने बताए।
वाग्लेले प्रदूषणका नाममा उठाइएको कर वातावरण मन्त्रालय, वातावरण विभाग तथा स्वास्थ्य मन्त्रालयमार्फत हुने बजेट विनियोजनमा समेत प्रतिबिम्बित हुने उल्लेख गरे।
उनका अनुसार आवश्यक परे विशेष प्रकृतिको बजेट व्यवस्था पनि गर्न सकिन्छ, तर त्यसको निर्देशन दिने अधिकार सार्वभौम संसद्को हुने बताए।
अर्थमन्त्री वाग्लेले प्रशासनिक तथा कानुनी जटिलता नबढ्ने गरी कर राजस्वको प्रभावकारी उपयोग गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १४:३१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सुरु हुँदै गर्दा संस्थापक सदस्य मुकुल ढकाल भने सहभागी भएका छैनन्। महाधिवेशन चितव...
आषाढ़ ७ गते, २०८३ - १४:१९
लहान। आँपको राजधानी मानिएको लहानमा लाग्ने आँप बजार व्यवस्थित नरहेको समस्या त छ नै । बजार पूर्ण रुपमा विचौलियाहरुको नियनत्रणमा हुनु र मूल्य निर्धारण नह...
आषाढ़ ७ गते, २०८३ - १४:१०
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा सहभागी हुन त्यहाँ पु...
आषाढ़ ७ गते, २०८३ - १३:४५
बिर्तामोड। झापामा भारी वर्षा भएको छ । वर्षाका कारण झापाको बिर्तामोड –५ स्थित नयाँ बसपार्कको सुकुम्बासी बस्तीमा रहेको तीन तले घर भासिएको छ । ७० वर्...
आषाढ़ ७ गते, २०८३ - १३:३८
चितवन । प्रधानमन्त्री बालेन शाह आइतबार चितवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन श्रीमती र छोरीसहित चितवन आ...
आषाढ़ ७ गते, २०८३ - १३:२४
चितवन। गृहमन्त्री सुधन गुरुङले आजदेखि हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन कार्यक्रम स्थलको निरीक्षण गरेको छन्। आइतबार भरतप...
आषाढ़ ७ गते, २०८३ - १३:१८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशन आजदेखि सुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय समिति च...
आषाढ़ ७ गते, २०८३ - १३:१०
बर्दिबास। शनिबार राति चुरे क्षेत्रमा परेको वर्षाले उत्तरी भेगको जनजीवन प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र हावाहुरीले राजमार्गदेखि ग्रामीण सडकसम्म...
आषाढ़ ७ गते, २०८३ - १२:५९
सर्लाही। सर्लाहीको बसबरिया गाउँपालिका –२ मानपुर टोलमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीय ५० वर्षीय होसनारायण यादवलाई शनिबा...
आषाढ़ ७ गते, २०८३ - १२:०४
चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन आइतबार बिहान चितवन पुगेका...



प्रतिकृया लेख्नुहोस्: