काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८३’ वितरण गरिएको छ। समारोहमा नेपाली चलचित्र क्षेत्रका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याएका कलाकार, स्रष्टा तथा प्राविधिकलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।
यस वर्षको प्रतिष्ठित दीर्घ साधना सम्मान वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ लाई प्रदान गरिएको छ। चलचित्र क्षेत्रमा दशकौँदेखि पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई नगद ३ लाख ७५ हजार रुपैयाँसहित सम्मान गरिएको हो।
यसपटक चलचित्र उनको स्वीटर ले पुरस्कारमा वर्चस्व कायम गरेको छ। उक्त चलचित्र उत्कृष्ट चलचित्र घोषित भएको छ भने सोही चलचित्रबाट नवीन चौहान उत्कृष्ट निर्देशक र मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएका छन्।
उत्कृष्ट अभिनेताको पुरस्कार भने चलचित्र परान बाट नीर शाह ले प्राप्त गरेका छन्। सोही चलचित्रका लागि दिपकप्रसाद आचार्य र यम थापा उत्कृष्ट लेखक घोषित भए।
प्राविधिक विधातर्फ चलचित्र कोशेढुंगा का बाबु श्रेष्ठ उत्कृष्ट छायाङ्कन तथा नहकुल खड्का उत्कृष्ट सम्पादनतर्फ पुरस्कृत भए। नेपाल भाषाको चलचित्र इन्दिरा धिमे मैचा ले उत्कृष्ट आदिवासी चलचित्रको अवार्ड जित्यो।
त्यस्तै, ‘जुरी प्रोत्साहन’ पुरस्कार आना शर्मा ९रमिताको पिरती० र बिमोचन दवाडी ९झरीपछीको इन्द्रेणी० लाई प्रदान गरियो। ज्योतिराज राई निर्देशित चलचित्र नाक्छोङ ले विशेष चलचित्र पुरस्कार प्राप्त गरेको छ।
समारोहमा चलचित्र प्रदर्शक विष्णु गोपाल श्रेष्ठ, अभिनेत्री मेनुका प्रधान, निर्माता डा। सिंह गुरुङ, पत्रकार प्रकाश सुवेदी, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा, अभिनेत्रीहरू एञ्जिला सुब्बा र लक्ष्मी बर्देवा, निर्माता बिनोद सेरचन तथा प्रोडक्सन म्यानेजर शङ्कर पाण्डे लाई विशेष सम्मान प्रदान गरिएको थियो। स्वर्गीय पत्रकार दिनेश सिटौला लाई मरणोपरान्त ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।
कार्यक्रमका अवसरमा गायक–गायिका देविका बन्दना र नरहरी प्रेमी ले सांगीतिक प्रस्तुति दिएका थिए। समारोहमा चलचित्रकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विजेताको संक्षिप्त सूची
दीर्घ साधना सम्मान: मदनकृष्ण श्रेष्ठ (रु. ३,७५,०००)
उत्कृष्ट चलचित्र: उनको स्वीटर
उत्कृष्ट निर्देशक: नवीन चौहान
उत्कृष्ट अभिनेता: नीर शाह
उत्कृष्ट अभिनेत्री: मिरुना मगर
उत्कृष्ट लेखक: दिपकप्रसाद आचार्य र यम थापा
उत्कृष्ट आदिवासी चलचित्र: इन्दिरा धिमे मैचा
विशेष चलचित्र पुरस्कार: नाक्छोङ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - १७:१६
काठमाडौँ । भूमि समस्या समाधान समितिले देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिका अनुसार गत जेठ २० गतेदेखि हालसम्म भूम...
श्रावण २० गते, २०८३ - १६:५५
काठमाडौँ। अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलकामा केन्द्रीय बैङ्कको गभर्नर र सञ्चालक समितिको पदावध...
श्रावण २० गते, २०८३ - १६:३९
काठमाडौं। पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परी निधन भएका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार आरोहीको शव उद्धार गरी बेस क्याम्प...
श्रावण २० गते, २०८३ - १६:२८
काठमाडौं। भारतमा मल किन्न जाँदा पक्राउ परेका सर्लाहीका दुई नेपाली नागरिकलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्लाहीको बलरा–५ का सुरेशप्रसाद...
श्रावण २० गते, २०८३ - १६:१०
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन्। मुख्यमन्त्री कार...
श्रावण २० गते, २०८३ - १५:५०
पोखरा। कास्कीको चर्चित पर्यटकीय क्षेत्र मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्कविहीन भएका छन्। माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा ...
श्रावण २० गते, २०८३ - १५:२४
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकार गठनसँग जोडिएको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ। बुधबार पा...
श्रावण २० गते, २०८३ - १५:१५
सुलीकोट। उत्तरी गोरखाको मनास्लु पदमार्गअन्तर्गत चुमनुब्री गाउँपालिका-६ मा पर्ने रेन्जम क्षेत्रमा पदमार्ग स्तरोन्नतिका लागि साउन २० देखि ३० गतेसम्म खच्...
श्रावण २० गते, २०८३ - १४:५२
काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भन्ने दाबीबारे तीन अन्तर्राष्ट्रिय मा...
श्रावण २० गते, २०८३ - १४:४०
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारमा सहभागिता जनाउने वा नजनाउने विषयमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र...



प्रतिकृया लेख्नुहोस्: