Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

ट्रम्प र पुटिनबीच शुक्रबार अलास्कामा शिखर वार्ता हुने

खबरडबली संवाददाता

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी शुक्रबार अलास्काको एन्करेजस्थित ‘ज्वाइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसन’ सैन्य अड्डामा युक्रेन युद्ध अन्त्यका लागि शिखर वार्ता हुँदैछ ।  

तर, युक्रेनलाई यो वार्तामा सहभागी गराइएको छैन । रूस र पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सहभागी गराउन अस्वीकार गरेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ । ह्वाइट हाउसले ट्रम्प त्रिपक्षीय वार्ताका लागि तयार रहेको बताए पनि पुटिनको अडानका कारण द्विपक्षीय वार्ता तय भएको हो । 

जेलेन्स्कीको अनुपस्थितिमा युद्धविराम सम्झौताबारे युक्रेन र युरोपमा आशंका बढेको छ । ट्रम्पले यसअघि नै दुवै पक्षले केही भूभाग गुमाउनुपर्ने र केही प्राप्त गर्ने सम्झौता हुन सक्ने बताएका छन्, जसमा युक्रेनले ठूलो भूभाग गुमाउनुपर्ने उनको भनाइ छ ।

ट्रम्पको रणनीति र पुटिनको अडान

ट्रम्पले सुरुमा पुटिनलाई तारिफ गर्दै युद्धविरामको प्रयास गरेका थिए । तर, पुटिन अडिग रहेपछि ट्रम्पले रूसमाथि भन्सार शुल्क वृद्धि र प्रतिबन्धको चेतावनी दिए । त्यसपछि पनि रूस ननिहुरेपछि ट्रम्पले आफ्ना मध्यपूर्व दूत स्टिभ विटकोफलाई मस्को पठाए । क्रेमलिनमा भएको तीन घन्टाको छलफलपछि यो शिखर वार्ता तय भएको हो ।

युरोप र युक्रेनको चिन्ता

युक्रेन र युरोपलाई ट्रम्पले रूसलाई फाइदा हुने सम्झौता गर्ने हो कि भन्ने डर छ । युरोपेली नेताहरूले ट्रम्पलाई दबाब दिन बुधबार भर्चुअल बैठक आयोजना गर्दैछन्, जसमा जर्मन चान्स्लर फ्रेडरिक मर्ज, इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी, पोल्याण्ड, फिनल्यान्डका शीर्ष नेताहरू, नेटो महासचिव मार्क रुट्टे र युक्रेनी राष्ट्रपति जेलेन्स्की सहभागी हुनेछन् । 

ट्रम्पका उपराष्ट्रपति जेडी भान्स पनि यो बैठकमा सहभागी हुनेछन् । युरोपेली नेताहरूले युक्रेनलाई बेवास्ता गरेर कुनै सम्झौता नगर्न र पूर्ण युद्धविरामबाट वार्ता सुरु गर्नुपर्ने अडान राखेका छन् । उनीहरूले रूसी नियन्त्रणमा नरहेको युक्रेनी भूभाग त्याग्न नसकिने र युरोपेली स्वीकृतिबिना कुनै सैन्य सम्झौता लागू नहुने बताएका छन् । जर्मन विश्लेषक आन्ना साउरब्राईका अनुसार, यदि रूसलाई फाइदा हुने सम्झौता भएमा पुटिनले पश्चिमी युरोप, विशेषगरी लिथुआनियाजस्ता नेटो सदस्य मुलुकहरूमाथि दबाब बढाउन सक्छन् ।

अलास्का कसरी बन्यो वार्तास्थल ?

साढे तीन वर्षदेखि चलिरहेको रूस–युक्रेन युद्ध अन्त्यका लागि यो वार्तालाई कोशेढुंगा मानिएको छ । गत साता ट्रम्पका दूत स्टिभ विटकोफले क्रेमलिनमा पुटिनसँग तीन घन्टा छलफल गरेपछि यो बैठक तय भएको हो । पुटिनले सुरुमा दुबईलाई वार्तास्थल बनाउन चाहेका थिए, तर ह्वाइट हाउसले अस्वीकार गर्‍यो । ट्रम्पले हालैको मध्यपूर्व यात्रापछि दुबई फेरि जान नचाहेको र दूरी तथा सुरक्षा कारणले पनि यो उपयुक्त नभएको सिएनएनले जनाएको छ ।

युरोपका सहरहरू जेनेभा वा भियना पनि विकल्प थिए, तर अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले सन् २०२३ मा पुटिनविरुद्ध युद्ध अपराधको पक्राउ पुर्जी जारी गरेकाले युरोपमा उनको यात्रा जोखिमपूर्ण थियो । त्यसपछि हंगेरी र अमेरिका विकल्पमा रहे । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान ट्रम्प र पुटिन दुवैसँग नजिक छन्, तर अमेरिकाले आफ्नै भूमिलाई प्राथमिकता दियो ।

अलास्का छनोट हुनुको प्रतीकात्मक कारण पनि छ । सन् १८६७ मा अमेरिकाले रूसबाट ७२ लाख डलरमा अलास्का खरिद गरेको थियो । गर्मीको पर्यटकीय सिजन र सुरक्षा व्यवस्थापनका कारण एन्करेजको ‘ज्वाइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसन’ उपयुक्त ठहरिएको हो ।

युक्रेनको अडान

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्धरत मुलुकलाई बाइपास गरेर युद्धविराम सम्भव नहुने र युक्रेनको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डतामाथि आँच आउने कुनै पनि सम्झौता स्वीकार्य नहुने बताएका छन् । युरोपेली नेताहरूले पनि युक्रेनको सुरक्षाका लागि अमेरिकी सैन्य र गुप्तचर सहयोग अपरिहार्य रहेको र युद्धविरामपछि रूसबाट सुरक्षा ग्यारेन्टी चाहिने बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending