काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयनका क्रममा मुख्यमन्त्रीको पद, मन्त्रालय भागबण्डा, बजेट संशोधनदेखि प्रदेशको नाम परिवर्तनसम्मका विषयमा विवाद चर्किएपछि अधिकांश प्रदेशमा सत्ता संकट गहिरिएको छ ।
केन्द्रमा भएको सहमतिअनुसार प्रदेश सरकारमा नयाँ सत्ता समीकरण बनाउने प्रयास भइरहे पनि प्रदेश तहका राजनीतिक समीकरण, दलगत स्वार्थ र भागबण्डाको विवादले नेताहरूलाई सकस परेको छ । कतिपय प्रदेशमा बहुमत जुटाउनै कठिन भएको छ भने कतिपयमा मुख्यमन्त्रीको नाम टुंगिए पनि मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।
कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निरन्तरता दिने निर्णय भए पनि नेकपाले अघि सारेका सर्तले नयाँ सरकार गठन जटिल बनेको छ । प्रदेशको नाम परिवर्तन, बजेट संशोधन, मन्त्रालयमा समान भागबण्डा तथा राजनीतिक नियुक्तिमा हिस्सेदारीको मागले एमालेमाथि दबाब बढेको छ ।
बागमतीमा एमालेभित्रै मुख्यमन्त्रीको उम्मेदवारलाई लिएर विवाद चर्किएको छ । एमाले र नेकपा मिल्दा पनि बहुमत नपुग्ने भएपछि राप्रपा निर्णायक बनेको छ । लुम्बिनीमा पनि एमाले–नेकपाको संख्या मात्रै सरकार बनाउन पर्याप्त छैन ।
गण्डकीमा कांग्रेस र एमाले अलग भएपछि राप्रपा निर्णायक शक्तिका रूपमा देखिएको छ । कर्णालीमा मुख्यमन्त्री नियुक्त भए पनि मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सुदूरपश्चिममा मुख्यमन्त्रीको नाममा सहमति जुटे पनि मन्त्री छनोट र मन्त्रालय बाँडफाँटमा विवाद कायमै छ ।
यसरी सरकार फेर्ने उद्देश्यले गरिएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता परिवर्तनभन्दा बढी पद, भागबण्डा र राजनीतिक सर्तको संकट सिर्जना गरेको छ । प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा बारम्बार सत्ता समीकरण फेरबदल हुँदा विकास बजेट कार्यान्वयन र प्रदेश सरकारको स्थायित्वमाथि समेत प्रश्न उठ्न थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...



प्रतिकृया लेख्नुहोस्: