Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

फइल तस्विर
खबरडबली संवाददाता

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अनुगमन थालेका छन् ।

केही दिनयता बजारमा ग्यास सहज रूपमा पाउन छाडेपछि सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेको नेतृत्वमा प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीसहितको टोलीले विभिन्न डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अधिकांश डिलरमा ग्यासको मौज्दात न्यून रहेको पाइएको छ । डिलर सञ्चालकहरूले कम्पनीबाटै मागअनुसार ग्यास नआएका कारण पर्याप्त मौज्दात राख्न नसकिएको बताएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार बजारमा ग्यास अभाव हुने हल्ला फैलिएपछि कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्न थालेकाले समस्या थपिएको पाइएको छ ।

प्रशासनले तत्कालका लागि एक परिवारलाई एकपटकमा एउटा मात्रै ग्यास सिलिन्डर उपलब्ध गराउन डिलर सञ्चालकलाई निर्देशन दिएको छ । साथै डिलरमा ग्यास आएपछि प्रशासनलाई जानकारी गराउन, प्राप्त ग्यासको परिमाणको विवरण उपलब्ध गराउन र उपभोक्तालाई समानुपातिक रूपमा वितरण गर्न निर्देशन दिइएको छ ।

बजारमा आधिकारिक डिलरबाट ग्यास सहज रूपमा नपाएपछि उपभोक्ताले किराना तथा खुद्रा पसलबाट महँगो मूल्यमा सिलिन्डर खरिद गर्नुपरेको गुनासोसमेत प्रशासनमा पुगेको छ । त्यसपछि प्रशासनले आधिकारिक डिलर तथा बिक्री केन्द्रबाहेक अन्यत्रबाट ग्यास बिक्री नगर्न निर्देशन दिएको छ ।

प्रशासनले बजारमा ग्यासको आपूर्ति र वितरण अवस्थाको नियमित अनुगमन गर्ने जनाएको छ । उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्नसमेत आग्रह गरिएको छ ।

डिलर सञ्चालकहरूले भने कम्पनीबाटै कम परिमाणमा ग्यास आउने भएकाले मागअनुसार वितरण गर्न कठिन भएको बताएका छन् ।

कोसी ग्यास डिलर गुठीटारका सञ्चालक लेखबहादुर राईका अनुसार कम्पनीले पठाएको परिमाणअनुसार ग्यास ल्याएर बिक्री गरिए पनि केही डिलरले पर्याप्त ग्यास प्राप्त गर्न नसक्दा बजारमा अभाव देखिएको हो ।

रिजाल ग्यासका बिक्रेता अधिकारी ट्रेडर्स देब्रेबासका सञ्चालक होमप्रसाद अधिकारीले पनि कम्पनीबाट मागअनुसार ग्यास नआएको बताए । उनका अनुसार कम परिमाणमा ग्यास आउने र उपभोक्ताको माग उच्च हुँदा उपलब्ध ग्यास सबैलाई पुर्‍याउन समस्या भइरहेको छ ।

स्थानीय प्रशासनले भने आपूर्ति घटेको अवस्था र उपभोक्ताको मागबीच देखिएको असन्तुलनलाई ध्यानमा राख्दै वितरण प्रणालीलाई व्यवस्थित बनाउन अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending