Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

जेठ–३१ मा तीनजनाको ज्यान लिएको हेवाखोला ब्रिज पुनःनिर्माण सम्पन्न

खबरडबली संवाददाता

पाँचथर । मेची राजमार्गमा रहेकाे पाँचथरको हेवाखोलामा जडान भईरहेको नेपालकै लामो ७० मीटरको मोडुलर ब्रिज वारपार भएको छ । जेठ–३१ गते अन्तीम चरणमा पुगेको ब्रिज भाँचिएपछि पुनः जडान थालिएको हो ।

भारतीय प्राविधिक, कमदारले ब्रिजलाई फिदिम नगरपालिबाट हिलिहाङ गाउँपालिका टेकाएका थिए । यहि ब्रिज भाँचिदा तीन जना मजदुरको मृत्यु भएको थियो भने तीन जना घाईते भएका थिए ।

आईतवार साझ ब्रिज वारपार भएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले जानकारी दिए । केही दिनमा बाँकि काम सकेर पुल सञ्चालनमा आउने उनको भनाइ छ । नेपाली प्राविधिकले काम अन्तीम चरणमा पुर्‍याउदा ब्रिज भाँचिएको थियो ।

भारतबाट लङचिङ किड्स, प्राविधिक टोलि झिकाएर ब्रिज जडान गरीएको हो । भारतसरकारले उपलब्ध गराएको ब्रिज नेपाल सरकारले जडान गरेको हो । 

यस अघि ब्रिज जडानका लागि ३ करोड ५० लाखमा ठेक्का लगाइएको थियो ।  २०८० असार–२ गते हेवामा पुल बाढीले बगाएको थियो । लगत्तै बनाइएको ५० मिटर लामो बेलिब्रिज २०८१ असोज–१२ गते बाढीले बगाएपछि ७० मीटर लामो मोडुलर ब्रिज जडान गर्ने काम अघि बढाइएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एल निनोको असर : यस वर्ष मनसुन ढिलो भित्रिने संकेत, ५० वर्षको तथ्यांकले के भन्छ?

चितवन । यस वर्ष नेपालमा मनसुन सामान्य समयभन्दा ढिलो प्रवेश गर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपग्...

‘देश बनाउने टोली’ भन्दै बालेनको स्टाटस, आफ्नै पार्टीभित्रै उठ्यो असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै ‘पीएम, एचएम, आईएम, देश बनाउने टोली’ लेखेपछि सामाजिक सञ्जालदेखि राष्ट्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, अतिक्रमित सरकारी जग्गा रोक्का गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा ...

बनेपामा महिला बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको आरोप

काभ्रे । बनेपा नगरपालिका क्षेत्रमा एक महिलालाई बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको घटना सार्वजनिक भएको छ। धुलिखेल नगरपालिका–१ मितिन्छाप घोरसा...

फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले च...

कहाँ पुर्‍याउँदैछ नेतृत्व संकटले एमालेलाई ?

पार्टी बलियो, नेतृत्व कमजोर, एमालेमा नेतृत्व संकटको अर्को अध्याय

बेइजिङमा खनाल–वाङ यी भेटवार्ता, नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनले पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीनको औपचारिक भ्रमणम...

सामाजिक सञ्जालमा धम्की र चरित्रहत्याविरुद्ध खुश्वु ओलीको उजुरी, एक जना पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओली ले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की तथा घृणायुक्त ...

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending