भक्तपुर । जनैपूर्णिमाको दिन भक्तपुरका नेवार किसानहरू खेतमा भ्यागुतालाई भात खुवाउन व्यस्त हुन्छन् । गोलाकार काटिएको मूलाको चाना सिन्काले घोचेर भातमा अड्याइन्छ ।
छरिता रोटी, क्वाँटीसहित विभिन्न तरकारी र खानेकुरा ठूलो पातमा राखिन्छ । नाङ्लो वा किस्तीमा राखिएको पातमा रक्षाबन्धनको धागो, सिन्दूर र धूप बालेर किसानहरू खेततिर लाग्छन् ।
खेतको आलीमा बसेर भ्यागुतालाई पाहुनाका रूपमा डाकिन्छ । परिकार राखेर रक्षाबन्धनको धागो र सिन्दूर छाडिन्छ । भातमा गाडिएको मूलाको चाना ऐनाको रूपमा देखाइन्छ । भ्यागुता आएर परिकार खान्छ भन्ने विश्वास किसानहरूको छ ।
यो परम्परा बाहिरकालाई अनौठो लागे पनि भक्तपुरका नेवार समुदायका लागि यो सयौँ वर्षदेखिको अभ्यास हो । संस्कृतिकर्मी प्रकाश धौभडेलका अनुसार, प्रकृतिपूजक किसानहरू भ्यागुतालाई प्रकृतिको देवताका रूपमा पूजा गर्छन् । भ्यागुताले कीटाणु खाएर र मल फिजाएर बालीनाली संरक्षण गर्छ भन्ने मान्यता छ ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग भ्यागुतालाई किसानको सहयोगीका रूपमा सम्मान गरिने बताउँछन् । खेतमा काम गर्दा किराफट्याङ्ग्रा मारिन्छ, जसका लागि क्षमा माग्दै भ्यागुतालाई भात खुवाइन्छ । धौभडेलका अनुसार, वैदिक कालमा गुरु–शिष्य परम्पराको सुरुवात भ्यागुताबाटै भएको मानिन्छ । ऋग्वेदको ‘मन्धुक रिचा’मा यसको उल्लेख छ ।
नेपाल भाषामा यो परम्परालाई ‘ब्यां चा जानका वानेगू’ भनिन्छ, जसको अर्थ ‘भ्यागुतालाई खाना खान जाने’ हो । यो परम्पराले प्रकृतिप्रतिको सम्मान र शैक्षिक प्रेरणालाई जीवित राखेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: