बाजुरा। बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा र एक शिक्षकबीच भएको हातपातको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाले चर्चा पाएको छ। यद्यपि, सार्वजनिक भएको भिडियो भने असार १२ गते भएको घटनासँग सम्बन्धित रहेको खुलेको छ।
घटना बुढीनन्दा नगरपालिका–२ स्थित श्री नन्देश्वरी माध्यमिक विद्यालय, पिपलचौरका राहत शिक्षक प्रेमबहादुर विष्ट नगरपालिका कार्यालय पुगेपछि भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराका अनुसार विष्टले मदिरा सेवन गरेको अवस्थामा कार्यालय पुगेर नगरप्रमुख, उपप्रमुख तथा कर्मचारीमाथि गालीगलौज र हातपात गरेका थिए।
नगरपालिकाले घटनाबारे प्रहरीमा निवेदन दिएपछि इलाका प्रहरी कार्यालय बुढीनन्दाले विष्टलाई नियन्त्रणमा लिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा उनले मदिरा सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। त्यसको भोलिपल्ट दुवै पक्षबीच मिलापत्र गराइएको प्रहरीको भनाइ छ।
घटनास्थलमा रहेका एक प्रत्यक्षदर्शीका अनुसार विवाद शिक्षकबाट सुरु भएको थियो। उनका अनुसार विष्टले मदिराको नशामा कार्यालयमा हंगामा गर्दै कर्मचारीहरूमाथि गालीगलौज गरेपछि उपप्रमुखसँग पनि हात हालाहाल भएको थियो।
उपप्रमुख रामबहादुर बोहराले आफूमाथि पहिले आक्रमण भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो एकतर्फी भएको भन्दै आफ्नो पक्ष नदेखाइएको आरोप लगाए।
‘मलाई पहिले नै कुटपिट गरिएको थियो। मेरो नाकबाट रगत बगिरहेको थियो। तर सार्वजनिक गरिएको भिडियोमा मैले हात उठाएको भाग मात्रै देखाइएको छ,’ उनले भने।
उता शिक्षक प्रेमबहादुर विष्टले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पुरानो भिडियो सार्वजनिक गरेर आफ्नो चरित्रहत्या गर्न खोजिएको बताएका छन्। उनले आफू र उपप्रमुखबीचको विवाद व्यक्तिगत रूपमा मिलिसकेको उल्लेख गर्दै त्यसलाई फेरि उचाल्नु उचित नभएको बताएका छन्।
नगरप्रमुख जनकबहादुर बोहराले पनि दुवै पक्षबीच मिलापत्र भइसकेको विषयलाई फेरि विवादको विषय बनाइनु उचित नभएको बताए।
‘घटनामा कमजोरी भएको स्वीकार गरेर मिलापत्र गरिसकिएको छ। अहिले अधुरो भिडियो सार्वजनिक गरेर अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन,’ उनले भने।
प्रहरीका अनुसार घटनाबारे कानुनी प्रक्रिया अगाडि बढाइए पनि दुवै पक्षको सहमतिपछि मिलापत्र भएको छ। अहिले सार्वजनिक भएको भिडियोले भने पुरानो विवादलाई पुनः चर्चामा ल्याएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - २१:१९
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो सय दिने कार्यअवधिको प्रमुख उपलब्धि सार्वजनिक गरेको छ । शनिबार सिंहदरबारस्थित प्रधानमन...
आषाढ़ २० गते, २०८३ - २१:०८
काठमाडौँ । सशस्त्र प्रहरी बलका ७१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ । मानव स्रोत विभाग, कर्मचारी प्रशासन शाखाद्वारा जारी गरिएको पत्र...
आषाढ़ २० गते, २०८३ - २०:५६
बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएका नेताहरूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियानलाई अघि बढाउँदै रुपन्द...
आषाढ़ २० गते, २०८३ - २०:३७
बाजुरा। बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा र एक शिक्षकबीच भएको हातपातको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाले चर्चा पाएको छ। यद्यपि,...
आषाढ़ २० गते, २०८३ - २०:१९
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्...
आषाढ़ २० गते, २०८३ - २०:१८
विराटनगर । गृहमन्त्री सुधन गुरुङले सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकलाई सास्ती दिने परिपाटी तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्। शनिबार मोरङको...
आषाढ़ २० गते, २०८३ - ०८:११
धनकुटा । जीवनले धेरै परीक्षा लिन्छ, तर सबैले त्यसलाई एउटै तरिकाले सामना गर्दैनन्। धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका ७५ वर्षीय दलबहादुर पौडेल ...
आषाढ़ २० गते, २०८३ - ०८:०६
काठमाडौं । राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रणाली स्तरोन्नतिका लागि केही दिन राहदानी सेवा अस्थायी रूपम...
आषाढ़ २० गते, २०८३ - ०७:४४
काठमाडौं । संघीय निजामती सेवा विधेयकमार्फत ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाशको व्यवस्था लागू हुने चर्चा चल्न थालेपछि निजामती कर...
आषाढ़ २० गते, २०८३ - ०७:४१
काठमाडौं । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्...



प्रतिकृया लेख्नुहोस्: