विराटनगर । गृहमन्त्री सुधन गुरुङले सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकलाई सास्ती दिने परिपाटी तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्। शनिबार मोरङको जिल्ला प्रशासन कार्यालयको स्थलगत निरीक्षण गर्दै उनले प्रक्रियागत झन्झट हटाएर एकीकृत र जनमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका हुन्।
निरीक्षणका क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) युवराज कट्टेललाई निर्देशन दिँदै गृहमन्त्री गुरुङले सरकारी कार्यालयमा नागरिकले दुःख पाउन नहुने बताए।
उनले भने, ‘कागज लिएर सेवाग्राही कुद्ने होइन कि कर्मचारी कुद्नुपर्यो। एउटा झ्यालबाट कागजात बुझाएपछि सेवाग्राही फेरि अर्को दुलो वा कोठा चहार्न कुद्ने काम तत्काल बन्द हुनुपर्छ।’
विराटनगरको अत्यधिक गर्मीलाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङले सेवाग्राहीलाई तातो घाममा लामबद्ध गराउनुको साटो शितलमा बस्ने व्यवस्था मिलाउन र तत्काल ‘टोकन प्रणाली’ लागू गर्न निर्देशन दिए।
सेवाग्राहीलाई दुःख दिएर नभई खुसी पारेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै उनले उत्कृष्ट काम गर्ने कर्मचारीको मासिक रूपमा कार्यमूल्याङ्कन गरिने र काम नगर्नेलाई कारबाही गरिने चेतावनी दिए।
प्रशासन कार्यालयमा कर्मचारीका लागि सफा र सेवाग्राहीका लागि दुर्गन्धित शौचालय भेटिएको विषयमा गम्भीर आपत्ति जनाउँदै उनले यस प्रकारको विभेद तत्काल सच्याउन निर्देशन दिए।
यसैगरी, जोगबनी सीमा नाका, विराटनगर भन्सार र जिल्ला प्रहरी कार्यालयको समेत स्थलगत निरीक्षण गर्दै उनले प्रहरीको जीर्ण भौतिक पूर्वाधार र सीमा सुरक्षाको अवस्थाबारे जानकारी लिएका छन्।
प्रहरी कार्यालयका जीर्ण भवनहरूको समस्याप्रति सरकार गम्भीर रहेको र आवश्यक बजेट व्यवस्थापन गरेर निर्माण कार्यलाई प्राथमिकता दिइने मन्त्री गुरुङले बताए।
जिल्ला प्रशासन कार्यालयसँग पर्याप्त जग्गा रहेको पाइएपछि उनले प्राविधिकहरूसँग समन्वय गरी एउटै ठूलो हल र एउटै छानामुनिबाट सहजै एकीकृत सेवा दिने गरी भौतिक संरचनाको डिजाइन गर्न निर्देशन दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - २१:१९
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो सय दिने कार्यअवधिको प्रमुख उपलब्धि सार्वजनिक गरेको छ । शनिबार सिंहदरबारस्थित प्रधानमन...
आषाढ़ २० गते, २०८३ - २१:०८
काठमाडौँ । सशस्त्र प्रहरी बलका ७१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ । मानव स्रोत विभाग, कर्मचारी प्रशासन शाखाद्वारा जारी गरिएको पत्र...
आषाढ़ २० गते, २०८३ - २०:५६
बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएका नेताहरूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियानलाई अघि बढाउँदै रुपन्द...
आषाढ़ २० गते, २०८३ - २०:३७
बाजुरा। बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा र एक शिक्षकबीच भएको हातपातको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाले चर्चा पाएको छ। यद्यपि,...
आषाढ़ २० गते, २०८३ - २०:१९
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्...
आषाढ़ २० गते, २०८३ - २०:१८
विराटनगर । गृहमन्त्री सुधन गुरुङले सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकलाई सास्ती दिने परिपाटी तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्। शनिबार मोरङको...
आषाढ़ २० गते, २०८३ - ०८:११
धनकुटा । जीवनले धेरै परीक्षा लिन्छ, तर सबैले त्यसलाई एउटै तरिकाले सामना गर्दैनन्। धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका ७५ वर्षीय दलबहादुर पौडेल ...
आषाढ़ २० गते, २०८३ - ०८:०६
काठमाडौं । राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रणाली स्तरोन्नतिका लागि केही दिन राहदानी सेवा अस्थायी रूपम...
आषाढ़ २० गते, २०८३ - ०७:४४
काठमाडौं । संघीय निजामती सेवा विधेयकमार्फत ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाशको व्यवस्था लागू हुने चर्चा चल्न थालेपछि निजामती कर...
आषाढ़ २० गते, २०८३ - ०७:४१
काठमाडौं । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्...



प्रतिकृया लेख्नुहोस्: